logo
२०८० चैत्र १६ शुक्रवार



विद्यापति पुरस्कारबाट छ जना श्रष्टा पुरस्कृत

कला |


विद्यापति पुरस्कारबाट छ जना श्रष्टा पुरस्कृत



धर्बेन्द्र झा
जनकपुरधाम, असार २९ गते । नेपाल सरकारद्वारा गठित विद्यापति पुरस्कार कोषले छ जना श्रष्टाहरुलाई विद्यापति पुरस्कार प्रदान गरेको छ ।
कोषले सप्तरीका मैथिली साहित्य परिषदलाई दुई लाख नगदसहित पुरस्कार प्रदान गरेको हो । यस्तै विद्यापति मैथिली अनुवाद पुरस्कारबाट साहित्यकार वृषेश चन्द्र लाल, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कारबाट पत्रकार एवम साहित्यकार सुजित झा, नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कारबाट अमरेन्द्र यादव र नेपाल विद्यापति मैथिली कला–संस्कृति पुरस्कारबाट अजीतकुमार साह र सुनिता कुमारी साहलाई पुरस्कृत गरिएको छ । यी चारवटै पुरस्कारको राशी एक ÷एक लाख रुपियाँ रहेको कोषले जनाएको छ ।
पुरस्कृत भएका श्रष्टाहरुलाई प्रदेश नं.२ का मुख्यमन्त्री लालवावु राउतले नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?