logo
२०८० चैत्र १६ शुक्रवार



लालबन्दी मोटरसाइकल दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

खुला |


लालबन्दी मोटरसाइकल दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लगियो


जनार्जन खत्री
सर्लाही, असार ११ गते । सर्लाहीको ईश्वरपुरमा शुक्रबार बिहान मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका एक युवकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।
शुक्रबार बिहान साँढे ८ बजेतिर ईश्वरपुर नगरपालिका–७, धनपति डाँडामा बा ५० प ४४०२ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा हरिपुर नगरपालिका–८, इन्द्रपुर बस्ने ३५ वर्षीय दानबहादुर श्रेष्ठ गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ । टाउको, हात र खुट्टामा चोट लागेर शक्त घाइते हुनुभएका श्रेष्ठलाई ईश्वरपुरस्थित अमृत हेल्थ केयर बयलवासमा प्राथमिक उपचार गरी लालबन्दी सिटी हेल्थ केयर लालबन्दी ल्याइएको थियो ।
उहाँलाई यहाँ पनि सामान्य उपचार गरी थप उपचारका शुक्रवार मध्यान्ह अल्टिटिउड हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगन्ज, काठमाण्डौं रेफर गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । घाइते श्रेष्ठलाई लालबन्दीस्थित डुमडुमे मन्दिर छेउमा पूर्व–पश्चिम राजमार्गमै हेलिकप्टर ल्याण्ड गरेर काठमाडौँ पठाइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?