logo
२०८० चैत्र १५ बिहीवार



विश्व टेष्ट च्याम्पियनसिपमा भारतविरुद्ध न्युजिल्याण्ड बलियो स्थितिमा

क्रिकेट |
खेलकुद |


विश्व टेष्ट च्याम्पियनसिपमा भारतविरुद्ध न्युजिल्याण्ड बलियो स्थितिमा
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार ७ गते । विश्व टेष्ट च्याम्पियनसिपमा न्युजिल्याण्ड भारत विरुद्ध बलियो स्थितिमा पुगेको छ । भारत पहिलो पारीमा २१७ रनमा समेटिएको जवाफमा न्युजिल्याण्डले चौथो दिनको खेल दुई विकेटको क्षतिमा १०१ रनबाट अगाडि बढाउनेछ । ऊ पहिलो पारीमा अझै ११६ रनले पछाडि छ । यद्दपी उसको आठ विकेट बाँकी नै छ । कप्तान केन विलियम्सनले १२ र रोस टेलरले शून्य रनबाट दिनको खेल अगाडि बढाउनेछन् ।
टम लाथमले ३० र डेभोन कोनवले अर्धशतकीय पारी खेलेर न्युजिल्याण्डलाई गतिलो सुरुवात दिलाए । दुबैजनाले ७० रनको सुरुवाती साझेदारी गरे । भारतका लागि रविचन्द्रन आश्विन र इशान्त शर्माले एक एक विकेट लिए ।
त्यसअघि, साउथम्पटनमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको भारतले औसत सुरुवात गरे पनि तेस्रो दिनको खेलसम्म आइपुग्दा ९२.१ ओभरमा २१७ रनको सामान्य योगफलमा समेटिन पुग्यो । भारतका लागि अजिन्क्यै रहानले बनाउनुभएको ४९ र कप्तान बिराट कोहलीको ४४ रन महत्वपूर्ण रह्यो । दुबैजनाले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे । ओपनर रोहित शर्माले ३४ तथा शुभमन गिलको २८ रन अतिरिक्त अन्य कुनै ब्याटसम्यानले प्रभािकारी प्रदर्शन गर्न सकेनन् ।
न्युजिल्याण्डका लागि कायल जमीन्सनले सर्बाधिक पाँच विकेट लिनुभयो । नैल वाग्नर र ट्रेन्ट बौल्टले सामान दुई दुई विकेट लिँदा टिम साउदीले एक विकेट लिनुभयो ।
विश्व टेष्ट क्रिकेटको च्याम्पियनसिपका लागि भइरहेको खेलको पहिलो दिन वर्षाको कारणले ‘वाश आउट’ हुन पुग्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?