logo
२०८० चैत्र १५ बिहीवार



मनाङको ताल गाउँ डुबानमा, सुरक्षित स्थानमा आश्रय लिँदै स्थानीय

खुला |
प्रदेश |


मनाङको ताल गाउँ डुबानमा, सुरक्षित स्थानमा आश्रय लिँदै स्थानीय


बेलिना थापा
लमजुङ, असार १ गते । अबिरल बर्षाका कारण आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ डुबानमा परेको छ । नासों गाउँपालिका १ मा पर्ने तालगाउँ आइतबार, सोमबार र मंगलबार निरन्तर परेको पानीका कारण बाढी आएर डुबानमा परेको हो । मस्र्याङदी नदी नजिकका १० घर डुबानमा परिसकेको स्थानीय मिनराशी गुरुङले बताउनुभयो । उहाँका अनुसार ति घरको आधा जति भाग डुबाईसकेको छ । अन्य घरहरु पनि जोखिममा परेको छ । स्थानीय घर छाडेर बाहिर निस्किएका छन् । सुरक्षित ठाउँको खोजीमा तड्पिएका छन् ।
उक्त क्षेत्रमा विद्युत अवरुद्ध छ । गाउँ पूरै जोखिममा परेपछि मंगलबार विहानै लमजुङ र मनाङ सिमाना म्यार्दीडाँडामा आएर मोबाइलबाट फोन गर्दै गुरुङले भन्नुभयो, ‘वस्ती सबै डुबाउन लाग्यो । १० घर डुबाईसक्यो । जसोतसो भिरभिरै हिँडेर म्यार्दीसम्म आएको छु । गाउँका मानिसहरु कहाँ जाम, कता जाम भएको छ । प्रहरीलाई पनि फोन लागेन । म्यार्दी आउँदा टावरले काम गर्छ भनेर आएको ।’
करिव ६० घरधुरी रहेको ताल गाउँमा स्थानीय डुबानमा परिने डरले रातभर निदाउन पाएका छैनन् । उनीहरु सुरक्षित ठाउँको खोजीमा वस्तीको कुना क्षेत्र, पानी नभएको ठाउँमा बसेका छन् । सिरानतालको भिरतिर बसेका छन् । निरन्तर पानी परिरहँदा वस्ती जोखिममा पुगेको स्थानीयले बताएका छन् । मस्र्याङदी नदीमा पानीको बहाव बढ्दै जाँदा पानी थुनिएर वस्ती माथि डुबाउँदै आएको बताएका छन् ।
वस्तीका अन्य घरपनि जोखिममा रहेकाले स्थानीयले उद्धारको माग गरेका छन् । स्थानीयले प्रहरी, प्रशासनलाई सम्पर्क हुन नसकेको बताएपनि मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने प्रहरी उक्त क्षेत्रमा खटिसकेको बताउनुभयो । तालमा रहेको प्रहरी चौकीका टोली र स्थानीय उक्त क्षेत्रको उद्धारमा लागेको बताउनुभयो । डुबानमा परेका घरहरुबाट सामान ओसार्ने काम भइरहेको र सुरक्षित ठाउँमा राख्न थालिएको बताउनुभयो । नागरिकलाई सुरक्षित ठाउँमा बस्न अनुरोध गर्नुभएको छ । उहाँका अनुसार गाउँसंगै विद्यालय र वडा कार्यालय पनि डुबानमा परेको जानकारी आएको छ ।
बर्षाका कारण चामेको नयाँबजार नजिकैको घट्टेखोला बढेर वस्तीभित्र बाढी पसेको छ । नयाँबजारको एउटा घर बगाएको र २ वटा क्षतिग्रस्त भएर ढल्ने अवस्थामा रहेको प्रजिअ लामिछानेले बताउनुभयो । सडक क्षतिग्रस्त छ । आवातजावतमा समस्या भएको छ । यसअघि जेठ १४ गते पनि घट्टेखोलामा आएको बाढी वस्तीभित्र पसेको थियो । बाढीले केही टहरा, बिजुलीका पोल, सडक क्षतिग्रस्त बनाएको थियो । यस्तै मंगलबारको बाढीले तिमाङको बेलिब्रिजमा पनि क्षति पु¥याएको जानकारी आएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?