logo
२०८१ बैशाख ६ बिहीवार



जिद्दी स्वीडेनले स्पेनलाई बराबरीमा रोक्यो

फुटबल |
खेलकुद |


जिद्दी स्वीडेनले स्पेनलाई बराबरीमा रोक्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार १ गते । स्पेनलाई स्वीडेनले बराबरीमा रोकेको छ । यूरो कप फुटबल २०२० अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा स्पेनलाई स्वीडेनले गोलरहित बराबरीमा रोकेको हो ।
सेभियामा सम्पन्न समूह इ अन्तगर्तको खेलमा स्पेन र स्वीडेनले बराबरी खेलेपछि दुबैले एक एक अङ्क बाँडेको हो । लुईस एनरिकको स्पेनले अधिकांश अबधिभरि खेल नियन्त्रणमा राख्न सफल भएपनि गोल गर्न सकेन । अलेक्जेण्डर इसाकले गर्नुभएको प्रहार स्पेनिस डिफेन्डरबाट उछिट्टिएर पोष्टसम्म पुगेपनि गोलकिपर यूनै सिमोनले रोक्दा स्वीडेनको प्रयास असफल हुन पुग्यो । इसाकले मार्कस बर्गका लागि समेत गोल गर्ने अबसर जुराउनुभयो तर सफल हुन सकेन ।
स्पेनले स्वीडेनको सामना गर्नुअघि दुई जना खेलाडी सर्जिओ बसकेट्स र डिएगो लोरेन्टो कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएपछि निराश हुन पुगेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?