logo
२०७८ असार ७ सोमवार

दैनिक अध्यावधिक

image
1421

सङ्क्रमित

image
3456

निको भएका

image
51

मृत्यु भएका

मिति:असार ६, २०७८ (१७:३२)
स्राेत:https://covid19.mohp.gov.np/



सबैले देखेका तर कसैले नलेखेका कथा

कला |
शनिवार |


सबैले देखेका तर कसैले नलेखेका कथा


मणि लोहनी


काठमाडौँको न्यूरोड नेपाली राजनीतिक घटनाक्रमको विशिष्ट साक्षी हो । व्यापार व्यवसायका दृष्टिकोणले महŒवपूर्ण न्यूरोड सन्दर्भ र परिघटनाहरूले घेरिएको सहरी बिम्ब मात्र होइन, यो त समग्र नेपाली जीवनको चित्र बोकेर लम्पसार परेको एउटा ऐतिहासिक सडक हो । यो परिवर्तनको सूचक पनि हो । अनेक राजनीतिक परिवर्तनको विशिष्ट दर्शक पनि हो ।
वर्षौं पहिले जुद्धशमशेरले न्यूरोडको सडक चौडा बनाउँदा ‘किन चाहियो यत्रो सडक ?’ भनेर विरोध भएको थियो । तर त्यही न्यूरोड अहिले साँघुरो भएको छ । त्यही साँघुरो न्यूरोडको बीचमा ठिङ्ग उभिएको छ जुद्धशमशेरको शालिक । त्यहाँको ठेलमठेल र अटेसमटेसमा धेरैको ध्यान त्यो शालिकतर्फ जाँदैन । सबैलाई छ हतारो । सबैलाई छ कहाँ हो कहाँ पुग्नुपर्ने । तर वर्षौंदेखि त्यो शालिक हर घटनाक्रमलाई साक्षीभावमा हेरिरहेछ । र, निरन्तर प्रभाव जमाइरहेछ विभिन्न झाँकीमार्फत । न्यूरोडको उपादेयता व्यापार व्यवसायमा मात्र होइन, राजनीतिक, सांस्कृतिक गतिविधिमा झन् बढेर गएको छ । यसबीचमा न्यूरोडका धेरै झाँकीहरूले नेपाली सामाजिक जीवनमा ठूला–ठूला परिवर्तन ल्याएका छन् । न्यूरोडको महŒव काठमाडौँमा मात्रै नभएर देशको समग्र विकास र परिवर्तनसँग जोडिएको छ ।
पछिल्लो २३ वर्षदेखि कथाकार तुलसीहरि कोइराला हरेक दिन यही न्यूरोड धाइरहनुभएको छ । यो समयमा धेरै उथलपुथल भए । राजनीतिक परिवर्तन, सामाजिक विकास र आर्थिक उन्नतिमा धेरै घटना परिघटनाहरू थपिए । न्यूरोड यी सब सन्दर्भहरूको साक्षी बन्यो । कथाकार कोइरालाले यही साक्षी बसेको न्यूरोडबाट देखिएका विभिन्न झाँकीहरूलाई ‘न्यूरोडका झाँकी’ कथा सङ्ग्रहमा समेट्नु भएको छ । उहाँले हरेक परिवर्तनको साक्षी न्यूरोडमाथि र यहाँबाट देखिने विभिन्न झाँकीहरूलाई शब्दको माध्यमले स्केचमा उतार्नुभएको छ । न्यूरोडको शरमलाग्दो स्थितिलाई निकै साहसका साथ लेख्नुभएको छ । सबैले देखेका तर कसैले नलेखेका घटनालाई कथाको रूपमा पस्कनुभएको छ । तर यो न्यूरोडको मात्र कथा होइन, समग्र नेपाल र नेपालीको कथा हो । हरेक नेपालीले देख्ने सपना र भोग्ने जीवनको कथा हो ।
आम मानिसले चढ्न नसकेको दुःखको पहाड, पौडिन नसकेको अभावको नदी र जेनतेन बाँचिरहनु पर्ने हिमाली ठिहीजस्तो जीवन कथाको मूल विषय र भावभूमिको जगमा यी कथा गुथिएका छन् ।
कथाकार कोइरालाको यो पुस्तक विरूप र विसङ्गत समयको डरलाग्दो तस्बिर हो । यसभित्र १९ वटा कथा समाविष्ट छन् । एकै बसाइमा पढिसकिने यी कथाहरू पढिरहँदा झन्झन् रोचक लाग्दै सकिन्छन् । कथानक केन्द्रित उहाँको लेखाइले पाठकलाई तानिरहन्छ । भाषा सरल भइकन पनि प्रभावकारी छ । चरित्र अनुसार प्रयोग भएका भाषाले कथामा मिठास थपेको छ ।
नेपाली समाज र यहाँका मानिसले चाहेका तर पूरा नभएका रहर र सपनाहरू नै कथा बनेका छन् । मानिसको स्वभाव र प्रेम मात्र होइन, मानिसले गर्ने अपराध, त्यसको पृष्ठभूमि र यौन आशक्तिलाई कोइरालाले सरल रूपमा लेख्नुभएको छ । हरेक कथामा आममानिसले भोगेका दुर्नियति र दुःख उहाँ खोतलिरहनुहुन्छ । उहाँलाई कथा लेखिरहँदा लाग्दो हो, म फोटो खिचिरहेछु । या लाग्दो हो म स्केच कोरिरहेछु । उहाँ पत्रकार पनि भएकोले कहीँकतै हतारिएको आभाष नहुने होइन । तर पनि त्यो हडबडाहट सुहाउँदो देखिएको छ । मानिसको जीवनमा फुर्सद नै कहाँ छ र ? हरेक मानिस हैरानीमा छ । दौडमा छ । हिँडिरहेछ । दौडिरहेछ । उहाँले मानिसको यही गतिशीलतामाथि कथा लेख्नुभएको छ । कथामा जीवन जिउनै धौधौ परेकाहरू अर्थात् भुइँमान्छेका तस्बिर खिचिएका छन् । सबैले देखेर पनि कसैले नलेखेका मानिसहरू उहाँका प्रिय पात्र बनेका छन् ।
कोइरालाको यो कथासङ्ग्रह पहिलो हो । बालसाहित्यका कृति भने उहाँका धेरै छन् । कविता र निबन्धको क्षेत्रमा पनि उहाँ सक्रिय हुनुहुन्छ । ‘न्यूरोडका झाँकी’ भित्रका अधिकांश कथामा पहाडको पृष्ठभूमि छ तर ती सबै कथा काठमाडौँको कोलाहलको फ्रेमभित्र समेटिएका छन् । पात्रमा विविधता छ । प्रत्येक पात्रमा बेग्लै परिस्थिति छन् । भिन्न मनोजगत र भोगाइहरू छन् । कतिपय कथामा नारी देह र नारी मनका सन्दर्भलाई कुशलतापूर्वक उतारिएका छन् । स्त्री मनोविज्ञानलाई पुरुष परिवेशमा प्रष्ट पारिएका छन् । पुरुषगत उपलब्धि र जीतमा नारी संवेदनाका कति पाटाहरू थकित र हैरान हुन्छन् भनेर खुलस्त पारिएका छन् । कथाकार कोइराला पौरुष परम्परागत अहम्बाट जोगिएका छन् तर नारीको परम्परागत स्वरूपभन्दा माथि उठ्न सक्नु भएको छैन । यो उहाँको मात्र समस्या होइन । अहिले लेखिरहेका अधिकांश पुरुष कथाकारहरूको नियती हो ।
गाउँ सहरमा बस्ने मध्यम र निम्नवर्गीय मानिसका अनुहारलाई कथाको शीर्ष स्थानमा राखेर कथाकारले हरेक पात्रमा हाम्रो समयको समस्यासँग जुधाएका छन् । हरेक कथामा पात्रहरू परिचित लाग्छन् । तर हरेकले बेवास्ता गरिरहेका यी पात्र परिचित भएर पनि हाम्रो सहानुभूतिले छुन नसकेका रहेछन् भन्ने