logo
२०८० चैत्र १५ बिहीवार



आरसी मेमोरियल अस्पतालमा आइसियू शय्या जडान 

खुला |
प्रदेश |


आरसी मेमोरियल अस्पतालमा आइसियू शय्या जडान 
फाइल तस्बिर


बाँके, जेठ २ गते । बर्दिया जिल्लाको बारबर्दियामा स्थापना भएको आरसी थारू मेमोरियल नगर अस्पतालमा कार्डियाक मोनिटरसहितको स्वचालित आइसियू शय्या जडान भई सञ्चालनमा ल्याइएको छ । जिल्ला अस्पतालमा ल्याइराखिएका आइसियू शय्यालाई बारबर्दियाको नगर अस्पतालमा ल्याई जडान गरिएको हो ।    
     
जिल्ला अस्पतालमा भने लुम्बिनी प्रदेशको सहयोगमा करीब एकहप्ता अघि ल्याइएको ती आइसियू शय्या जडान गर्न सकिएको छैन । जिल्ला अस्पतालबाट ल्याएर नगर अस्पतालले जडान गरिसकेको स्वास्थ्य शाखाका संयोजक डिल्लीराज शर्माले जानकारी गराउनुभयो । हाल नगर अस्पतालमा उपचाररत १० बिरामीमध्ये दुई जनालाई आकस्मिक कक्षमा भर्ना गरिएको बारबर्दिया कोभिड स्रोतव्यक्ति गोविन्द पौडेलले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?