logo
२०८० चैत्र १५ बिहीवार



गुल्मीमा कोरोना सङ्क्रमणका कारण एकैदिन नौ जनाको मृत्यु

प्रदेश |


गुल्मीमा कोरोना सङ्क्रमणका कारण एकैदिन नौ जनाको मृत्यु
सांकेतिक तस्बिर


तिलाचन पाण्डे
तम्घास, जेठ २ गते । गुल्मी गुल्मीमा कोरोना सङ्क्रमणका कारण (आइतबार) एकै दिन नौ जनाको मृत्यु भएको छ । जिल्लाको रेसुंगा नगरपालिका २ की ७५ वर्षकी महिलाको तम्घास अस्पताल, रेसुंगा एककी ६६ बर्षकी महिलाको चितवन मेडिकल कलेज चितवन, रेसुंगा नगरपालिका १२ का २७ बर्षका पुरुषको उपचारका क्रममा पाल्पा लैजाँदै गर्दा एम्बुलेन्समै मृत्यु भएको र रेसुंगा ७ का ६४ वर्षका पुरुषको चितवनमै उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर ५ फोक्सिङका ५१ वर्षका शिक्षकको स्याङजाको कालीगण्डकी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । उनी कालीगण्डकी गाउँपालिका वडा नम्वर चारमा रहेको जिवनोद्धार माध्यमिक विद्यालयका शिक्षक हुन ।
सत्यवती गाउँपालिका वडा नम्वर ७ का ८० वर्षका पुरुषको होम आइसोलेशन र इश्मा गाउँपालिका वडा नम्वर तीन का ८१ बर्षका पुरुषको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै धुर्कोट गाउँपालिका वडा नम्वर २ का ३२ बर्षका पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पापामा उपचारको क्रममा मृत्यु भएको र मालिका गाउँपालिका ५ का ५१ वर्षका पुरुषको छाउनी अस्पताल काठमाडौँमा मृत्यु भएको कार्यालयले जनाएको छ ।
गुल्मीमा सङ्क्रमणका कारण ४६ जनाको मृत्यु भएको र अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९३४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीका गोपाल कार्कीले जानकारी दिनुभयो ।
गुल्मीमा हालसम्म २०६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?