logo
२०७८ असार २५ शुक्रवार

दैनिक अध्यावधिक

image
1218

सङ्क्रमित

image
1286

निको भएका

image
29

मृत्यु भएका

मिति:असार २४, २०७८ (१६:५४)
स्राेत:https://covid19.mohp.gov.np/



हुम्लामा कोरोना परीक्षणका किटको अभाव

प्रदेश |


हुम्लामा कोरोना परीक्षणका किटको अभाव
फाइल तस्बिर


राजन रावत
हुम्ला, वैशाख २३ गते । कोरोना संक्रमण बढी रहेका बेला जिल्ला अस्पतालसँग कोरोना परीक्षणका किटको अभाव भएको छ । अस्पतालसँग मौज्दात कम भएको र नयाँ खरिद नभएको कारण संक्रमण बढेका बेला कोरोना संक्रमण किटको अभाव भएको हो ।
तत्काल सम्भावित कोरोना संक्रमणका आशंकामा परीक्षण गर्नु परेमा अस्पतालसँग बीस वटा मात्र एण्टिजिन किट रहेको चिकीत्सक टासी आङ्जु लामाले बताउनुभयो । अस्पतालसँग भएका एण्टिजिन किट मध्य तीन दिन अगाडी नेपालगंजबाट आई क्वारिन्टीनमा राखिएका सात जनाको सोही किटबाट बिहीबार कारोना परिक्षण गरिएको उहाँले बताउनुभयो । अब अस्पतालसँग तेह्र वटा मात्र किट बाकी रहेका छन् । अब कतै परिक्षण गर्नु पर्यो भने समस्या हुने उहाँले बताउनुभयो । कर्णाली प्रदेश सरकारबाट उपलब्ध हुने एक सय थान एन्टिजीन किट ढुवानी हुन नसकेको र स्वास्थ्य सेवा कार्यालय नयाँ खरिद गर्न नपाएपछि समस्या धेरै हुने उहाँले बताउनुभयो । दक्षिणी क्षेत्रका गाउँपािलका चंखेली, अदानचुली र ताँजाकोटमा पैदल मार्गबाट ठुलो संख्यामा मानिसहरु भित्रिएका छन् । भोली संभावित कोरोना लक्षण भएका बिरामी देखिए परिक्षण गर्न किट नभएको उहाँले बताउनुभयो । हालसम्म हुम्लामा आठ जना कोरोना संक्रमित रहेका छन् । उनीहरुको भिटिएम किटबाट स्वाब संकलन गरेर सुर्खेत पठाउन पनि समस्या देखिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?