logo
२०७८ असार २५ शुक्रवार

दैनिक अध्यावधिक

image
1218

सङ्क्रमित

image
1286

निको भएका

image
29

मृत्यु भएका

मिति:असार २४, २०७८ (१६:५४)
स्राेत:https://covid19.mohp.gov.np/



भर्चुअल माध्यमबाट चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्वस शुरु

मनोरञ्जन |


भर्चुअल माध्यमबाट चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्वस शुरु


यलु जोशी
काठमाडौं, वैशाख २३ गते । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्वस (निफ) २०२१ बिहीवारबाट भर्चुअल माध्यमबाट शुरु भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको चौथो संस्करणमा बलिउड निर्देशक अनुराग कश्यपले चलचित्र क्षेत्रको अनुभव बनाउनुभएको थियो । कोरोना महामारीको चलचित्र क्षेत्रलाई पनि नराम्रो घक्का पुर्याएको बताउँदै अब कहिले गति लिने भन्न समस्या भएको बताउनुभयो ।
यसप्रकारको महोत्वसले यस क्षेत्रलाई केही भए पनि राहत दिन सकिने पनि कश्यपले प्रष्ट पार्नुभयो । महोत्सवमा प्रतिस्पर्धामा रहेका चलचित्र नेट टिभीबाट प्रदर्शन गरिने निफका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।
उहाँले दोस्रो दिन २४ गते ’राजनीतिज्ञको दृष्टिमा चलचित्र’ विषयमा छलफल र बहस सञ्चालन हुने पनि जानकारी दिदै विजय सुब्बा, विश्वप्रकाश शर्मा, सत्या पहाडी, गंगा नारायण श्रेष्ठहरुले बोल्ने पनि बताउनुभयो ।
यसैगरी २५ गते दुई विषयमा छलफल हुनेछ । पहिलो सेसनमा ‘नेपाली चलचित्रमा महिलाको सहभागिता’ शीर्षकमा करिश्मा मानन्धर, दीपाश्री निरौला, रक्षा सिंह रानासँग सम्झना उप्रेती रौनियारले छलफल हुनेछ भने २.०ण् बजेपछि निर्देशक प्रताप सुब्बाले नेपाली फिल्मसँग जोडिएका अनुभव सुनाउने आयोजकले जनाइएको छ ।
२६ गते ‘कोरोना पछिको चलचित्र बजार’ शीर्षकमा रेखा थापा, अशोक शर्मा, अर्जुन कुमार, मनोज अग्रवालसँग बहस गर्नेछन् । अन्तिम दिन २७ गते ‘कहाँ छ नेपाली चलचित्र’ शीर्षकमा निर्देशक दीपेन्द्र लामाले कृष्ण धरावासी, बबिता बस्नेत, युग पाठक, अनुभव अजित, प्रकाश भट्टराईसँग छलफल गर्नेछन् ।
विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० फिल्म प्राप्त महोत्सवमा ३१ देशका ६३ फिल्म मात्र प्रतिस्पर्धामा छनोट भएको थियो । साथै नेपालबाट थप तीन फिल्म गरी कुल ६६ फिल्म महोत्सवमा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?