logo
२०७८ असार २५ शुक्रवार

दैनिक अध्यावधिक

image
1218

सङ्क्रमित

image
1286

निको भएका

image
29

मृत्यु भएका

मिति:असार २४, २०७८ (१६:५४)
स्राेत:https://covid19.mohp.gov.np/



बाँकेमा विहीबार एकैदिन ५०८ जना कोरोना सङ्क्रमण मुक्त

प्रदेश |


बाँकेमा विहीबार एकैदिन ५०८ जना कोरोना सङ्क्रमण मुक्त


सिराज खान
नेपालगञ्ज, वैशाख २३ गते । बाँकेमा गत केही दिन यता आएर कोरोना सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुने क्रम तीव्र गतिमा बढ्दै गएको छ ।
बुधवारसम्म दैनिक तीन भन्दा बढी सङ्क्रमितहरु निको भएर सङ्क्रमणमुक्त भै डिस्चार्ज हुने क्रम जारी रहेकोमा विहीबार एकैदिन ५०८ जना संक्रमणमुक्त भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
यति धेरै सङ्ख्यामा एकैदिन सङ्क्रमणमुक्त भएको यो नै पहिलो भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
उहाँले बाँकेमा बिहीवार २४१ महिला र २६७ पुरुष गरी जम्मा ५०८ जना कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज भएको जनाउनुभयो ।
सङ्क्रमित भएर होम आइसोलेसन र जिल्लाका अन्य विभिन्न आइसोलेसनमा रहनुभएका सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्लामा कोरोना विजेताहरु बढ्दै गएपछि अस्पतालमा भर्ना भएका बिरामी सङ्क्रमितहरुको पनि मनोबल बढेको भेरी अस्पतालले जनाएको छ ।
सो अस्पतालका सुचना अधिकारी डा. संकेत कुमार रिसालले बिहीबार ५०८ जना सङ्क्रमणमुक्त भएपछि लक्षण भएका र नभएका अन्य सङ्क्रमितको मनोबल निकै उच्च भएको बताउनुभयो ।
उहाँले समयमै कोरोना परीक्षण गराउने, सुरक्षाका उपायहरु अपनाउने र चिकित्सकको सल्लाह अनुसार औषधि सेवनसँगै अन्य दिनचर्या गर्ने हो भने कोरोनालाई सहज रुपमै पराजित गर्न सकिने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?