गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २३ गते । देशैभरमा बढ्दो कोभिड–१९ को महामारीले निम्त्याउदैँ गएको सङ्कट समाधानका सम्बन्धमा बिहिबार निजी आम सञ्चार सम्बद्ध सङ्घ, संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुसँग सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङबीच भर्चुअल छलफल भइरहेको छ ।
छलफलमा मिडिया सोसाइटी, मिडिया एलाइन्स, एकोराव, बान, नेपाल विज्ञापन सङ्घका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुनुभएको मन्त्री गुरुङले जानकारी दिनुुभएको छ । विश्वव्यापीरुपमा फैलिएको दोस्रो लहरको कोरोना महामारीले देशमा पनि भयावह रुप लिदै गर्दा सरकारले कोरोना नियन्त्रण एवम् रोकथामका लागि निरन्तर सरोकारवालाहरुसँगको भेट तथा छलफलमा पनि तीव्रता बढाएको छ ।