logo
२०७८ असार २५ शुक्रवार

दैनिक अध्यावधिक

image
1218

सङ्क्रमित

image
1286

निको भएका

image
29

मृत्यु भएका

मिति:असार २४, २०७८ (१६:५४)
स्राेत:https://covid19.mohp.gov.np/



पाल्पामा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु

प्रदेश |


पाल्पामा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु
सांकेतिक तस्बिर


 रेखीराम राना

पाल्पा, वैशाख २३ गते । पाल्पामा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । माथागढी–३, सराईमा डेरा गरी बस्ने स्याङ्जाका २५ वर्षीया महिलाको बिहिबार बिहान मृत्यु भएको हो । तीन दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएका ती महिलाको बुधबारसम्म लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भएको थियो ।
मृतक महिला बुधबार साँझ माथागढीस्थित डेरामा फर्किएपछि बिहिबार बिहानदेखि स्वास प्रश्वासमा समस्या आएको पारिवारिक स्रोतले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पुन अस्पताल ल्याइए पनि अस्पतालले मृत घोषणा गरेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?