logo
२०७८ असार १३ आईतवार

दैनिक अध्यावधिक

image
1353

सङ्क्रमित

image
3007

निको भएका

image
34

मृत्यु भएका

मिति:असार १३, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/



मिथिला चित्रकला सङ्ग्रहालयको शिलान्यास   

कला |
प्रदेश |


मिथिला चित्रकला सङ्ग्रहालयको शिलान्यास   
सांकेतिक तस्बीर


जनकपुरधाम, वैशाख १५ गते ।  प्रकृति संरक्षण गर्ने उद्देश्यले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जनकपुरधामको कनपट्टि गाउँमा मिथिला चित्रकला सङ्ग्रहालयको शिलान्यास गरिएको छ ।    
    
 प्रदेशसभा सदस्य रामअशीष यादव, अभियान प्रमुख भगवान झा, वडाध्यक्ष परमेश्वर यादव, जनता समाजवादी धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, जनकपुर उद्योग वाणिज्य सङ्घका अम्बुप्रसाद साहले संयुक्त रूपमा सो योजनाको शिलान्यास गर्नुभएको हो ।

सो योजनाअन्तर्गत रु. पाँच करोडको लागतमा मिथिला कला ग्यालरी, ऐतिहासिक पोखरी सुब्बाजीको सौन्दर्य बढाउने, वृक्षरोपण र बाल उद्यान निर्माण गरिनेछ । प्रदेशसभा सदस्य यादवले १५ महिनाभित्र योजनाको कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?