logo
२०८० चैत्र १५ बिहीवार



डेब्यु खेलमै कमल ऐरीको तीन विकेट

क्रिकेट |
खेलकुद |


डेब्यु खेलमै कमल ऐरीको तीन विकेट
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख ९ गते । मध्यम गतिका बलर कमलसिंह ऐरीले अन्तर्राष्ट्रिय टी ट्वान्टीको आफ्नो डेब्यु खेलमै तीन विकेट लिनुभएको छ । मलेसिया बिरुद्धको खेलमा उहाँले टी ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गर्नुभएको हो ।
मलेसियाले २१८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका कमल ऐरीले तीन ओभर एक बलमा १६ रन खर्चेर तीन विकेट लिनुभयो । ९ औं ओभरमा पहिलो पटक बलिङगको जिम्मा पाउनुभएका कमलले एकै ओभरमा दुई विकेट लिनुभयो । ओभरको दोस्रो बलमा शर्भिन मुनिएन्डीको विकेट लिनुभएको उहाँले अन्तिम बलमा मलेसियाका लयमा रहेका ब्याट्सम्यान बिरनदीप सिंहको विकेट लिनुभयो । मुनिएन्डी कमलको एलबीडब्ल्युको धरापमा पर्नुभयो । उहाँले मात्र तीन रन बनाउनुभयो । बिरनदीपले भने १३ रन बनाउनुभएको थियो ।
२० औं ओभरको अन्तिम बलमा उहाँले मुहम्मद वफिकलाई कुशल मल्लको हातमा समात्न लगाएर तेस्रो विकेट पुरा गर्नुभयो । मलेसिया बिरुद्धको खेलमा सहाब आलमको स्थानमा उहाँले टोलिमा स्थान पाउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?