logo
२०८० चैत्र १६ शुक्रवार



दुई हजार ३६५ जना नयाँ सङ्क्रमित थप, २५२ निको

स्वास्थ्य |


दुई हजार ३६५ जना नयाँ सङ्क्रमित थप,  २५२ निको


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ९ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ३६५ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा दश हजार एकवटा अारटीपीसीअार परीक्षण गरिएकाेमा साे सङ्ख्यामा सङ्क्रमितको पहिचान भएको हाे । यस्तै, ४४७ जनाकाे एन्टीजेन परीक्षणमा ६३ जनामा काेराेना सङ्क्रमितको पहिचान भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका हाल १२ हजार ६९० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५२ जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमित निको हुने दर ९४.५९ प्रतिशतमा झरेकाे छ । हाल ८१ जना क्वारेन्टिनमा छन् । 

चौबीस घण्टामा पाँचजनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेनाका कारण मृत्यु हुनेकाे सङ्ख्या तीनहजार ११७ पुगेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?