logo
२०८१ बैशाख १२ बुधवार



‘अन्तर्मनका सुसेली’ र गीत ‘क्षितिजपारी’ सार्वजनिक

कला |


‘अन्तर्मनका सुसेली’ र गीत ‘क्षितिजपारी’ सार्वजनिक



गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २२ गते । कवि तथा गीतकार डी पी दाहाल ‘परिश्रमी’को पुस्तक ‘अन्तर्मनका सुसेली’ र म्युजिक भिडियो ‘क्षितिजपारी’ सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच पुस्तक र भिडियो एकसाथ सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी, विशिष्ट अतिथि, वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालगायतले सार्वजनिक गर्नुभएको थियो ।
प्रमुख अतिथि सत्यमोहन जोशीले कवि तथा गीतकार दाहाललगायत भिडियोको टिमलाई बधाई दिनुभयो ।
गायक प्रताप दास र गायिका रचना रिमालले गाउनुभएको ‘क्षितिजपारी’ बोलको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत भर्नुभएको छ ।
गीतमा डी पी दाहालको शब्द रहेको छ । यस म्युजिक भिडियो उत्तम श्रेष्ठ शिशिरले निर्देशन गरेका छन् ।
मोडल सुधिर श्रेष्ठ र मोडल अशु न्यौपानेले अभिनय गरेको म्युजिक भिडियोमा अभियन गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?