logo
२०८१ बैशाख ७ शुक्रवार



नाइजेरियामा विद्यालय पढ्ने तीन सय छात्रा अपहरणमुक्त

अन्तर्राष्ट्रिय |


नाइजेरियामा विद्यालय पढ्ने तीन सय छात्रा अपहरणमुक्त
तस्विर-बीबीसी


एजेन्सी
काठमाडौं, फागुन १८ गते । उत्तर पश्चिमी नाइजेरियाबाट गत साता अपहरणमा परेका तीन सय विद्यालय पढ्ने छात्रा अपहरणमुक्त गरिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जामफ्रा राज्यको जंगिबेस्थित एक निजी विद्यालयमा अध्ययनरत तीन सय छात्रालाई गत साता अज्ञात बन्दूकधारी समूहले अपहरण गरेका थिए ।
सोमबार उक्त राज्यका गभर्नरले सबै छात्रालाई मुक्त गरिएको र उनीहरु सुरक्षित रहेको बताउनुभएको छ । बीबीसीका अनुसार सोमबार नै जामफ्रास्थित एक सरकारी भवनमा अपहरणमुक्त भएका छात्राहरु जम्मा भएको देखिएको छ । गभर्नर बेल्लो म्यानवल्लेले आफ्नो ट्वीटर खातामा अपहरणमा परेका छात्राहरु मुक्त भएको भनिरहँदा आफू अत्यन्तै हर्षित भएको उल्लेख गर्नुभएको छ ।
अधिकारीहरुले २७९ जना छात्रा अपहरणमुक्त भएको जनाएको छ । गत साता प्रहरीले ३१७ छात्रा अपहरणमा परेको भनेर दिएको विवरण गलत रहेको समेत अधिकारीहरुले दाबी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?