logo
२०८१ बैशाख ७ शुक्रवार



‘अहाँ कस्तो ठ्याक्कै उस्तै मन्दिर...’

कला |


‘अहाँ कस्तो ठ्याक्कै उस्तै मन्दिर...’


केशवराज खनाल
काठमाडौं, फागुन ८ गते । लस्करै राखिएका चित्रहरु, चित्र हेर्नेहरुको तातीँ । प्राय युवा र अधबैशे उमेरका दर्शकहरु चागँुनारायण परिसरमा शनिवारिय स्थलगत चित्रकला अभियानद्वारा आयोजित चित्रकला प्रदर्शनीमा रमाईरहेका थिए । ‘अहाँ कस्तो ठ्याक्कै उस्तै मन्दिर अनि यो गरुणको चित्र पनि कति राम्रो’ सामाखुसीका दीपक थापा खुसुखुसु गरिरहनु भएको थियो ।

शालिनदी दर्शन गरेर चागुँनारणको दर्शन गर्न आउदाँ चित्रकलाको यो प्रर्दशनी देखेर मन झनै फुरुङ भएको बताउनु भयो । यता कोटेश्वर बस्ने दीपा केसी र रमा आले चित्र हेदँै सेल्फी पनि लिईरहनु भएको थियो । आगन्तुक धैरैले आयोजकलाई सोध्नुहुन्थ्यो यी चित्रहरु किन यहाँ सजाउनु भएको ? अनि जिज्ञासा शान्त भएपछि फोटो खिच्ने र चित्र अवलोकन गर्न थाल्नु हुन्थ्यो ।

विगत तीन वर्ष देखि नियमित रुपमा देशका विभिन्न स्थानमा पुगेर शनिवारीय स्थलगत कला कार्यशालालाई अभियानका रुपमा संचालन गरिदै आएको छ । कलाकारहरुले आफ्नो सहजता अनुसार कला माध्यम र विषय चयन गर्ने गरे पनि विशेष गरि सम्पदा, संस्कृति र नेपालको प्रकृतिलाई आफ्नो कलाको विषयका रुपमा लिने गरिएको अभियानका संयोजक दिवेशमान सिंह प्रधानले जानकारी दिनुभयो । कला आम जनसमुदायसम्म पु¥याउने लक्ष्य लिएको पनि प्रधानले जानकारी दिनुभयो ।

लगातार दुई साता भक्तपुर स्थित चागँुनारायण मन्दिर परिसरमा बसेर सृजना गरिएका कला प्रदर्शनीमा राखिएको छ । एक दिने प्रदर्शनीमा १८ जना कलाकारहरु सहभागी हुनुहुन्छ । प्रदर्शनीलाई चागुँनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले उद्घाटन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?