logo
२०८० चैत्र १६ शुक्रवार



२६६ जना सङ्क्रमित थपिए, चारसय जना सङ्क्रमित निको भए

स्वास्थ्य |


२६६ जना सङ्क्रमित थपिए, चारसय जना सङ्क्रमित निको भए


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ४ गते । नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५०८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २६६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चारसय जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६१ हजार ४४४ जना सङ्क्रमित निको भइसकेका छन् ।

हाल तीनहजार ९१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ३२२ जना सङ्क्रमित भएका छन् ।

पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९५९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल तीन हजार ९१९ जना आइसोलेशनमा र २२१ जना क्वारेन्टिनमा छन् ।

उपत्यकामा १७७ जना संक्रमित थपिए 

काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा १७७ जना संक्रमित थपिएका छन् । उपत्यकाको भक्तपुरमा नौ, ललितपुरमा २३ र काठमाडौं जिल्लामा १४५ छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?