logo
२०८१ बैशाख ८ शनिवार



साकारलाई देवकोटा काव्य पुरस्कार दाहाललाई भद्र घले पदक

कला |


साकारलाई देवकोटा काव्य पुरस्कार दाहाललाई भद्र घले पदक


गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १५ गते । छ दशकदेखि काव्य साधनारत कवि शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ । ताम्रपत्रसहित सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईका अनुसार, बुधबार बसेको त्रिमूर्ति निकेतनको सभाले सो निर्णय गरेको हो । यस्तै, बरिष्ठ पत्रकार तारानाथ दाहाललाई २५ हजार रूपियाँ राशिसहितको ‘भद्र घले पदक’ प्रदान गरिने भएको छ । त्रिमूर्ति निकेतनका संस्थापक या सदस्यमध्ये एक जनालाई हरेक वर्ष प्रदान गरिने सो पदक त्रिमूर्ति निकेतनको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पु¥याएबापत दाहाललाई प्रदान गरिन लागेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?