logo
२०८० चैत्र १६ शुक्रवार



इतिहास, संस्कृति, संस्कार, भाषा र साहित्यसम्बन्धी १४ पुस्तक लोकार्पण

कला |


इतिहास, संस्कृति, संस्कार, भाषा र साहित्यसम्बन्धी १४ पुस्तक लोकार्पण
फाइल फाेटाे



गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १२ गते । आदिवासी जनजातिका इतिहास, संस्कृति, संस्कार, भाषा, साहित्यका १४ पुस्तकको लोकार्पण गरिएको छ । आदिवासी जनजाति प्रतिष्ठानद्वारा आइतबार आयोजित कार्यक्रममा २०७६/७७ मा प्रकाशन गरेको आदिवासी जनजातिसँग सम्बन्धित १४ पुस्तकको लोकार्पण गरिएको हो ।

प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगरले आदिवासी जनजातिसँग सम्बन्धित उक्त पुस्तकहरुको लोकार्पण गर्दै प्रतिष्ठानले आगामी दिनमा आदिवासी जनजातिलाई राजनीति, शिक्षालगायतको क्षेत्रमा मुलधारमा ल्याउन सघाउने पुस्तक प्रकाशनमा जोड दिने बताउनुभयो ।

साथै, प्रतिष्ठानको स्थापनाकालदेखि हालसम्म प्रकाशित आदिवासी जनजातिका चिनारी, संस्कृति, साहित्य, भाषा कलासँग सम्बन्धित पुस्तक/पुस्तिका र प्रतिष्ठानमा सङ्ग्रहित सामग्रीलाई अनलाइन अध्ययन गर्ने वातावरण मिलाउने पनि बताउनुभयो ।

प्रतिष्ठानले हालसम्म प्रतिष्ठानमा सूचिकृत आदिवासीहरुको विभिन्न भाषाका विभिन्न विधाका चारसय वटा पुस्तक प्रकाशित गरेको छ । त्यसमध्ये २२ आदिवासी जनजातिको जातीय चिनारी सम्वन्धी पुस्तक छन् भने आदिवासी जनजातिको जनसङ्ख्या समेटिएको ‘नेपाल एटलस,’ तिनीहरुको मातृभाषा झल्कने पुस्तक ‘नेपाल एटलस अफ ल्यांग्वेजेज ग्रप्स्, ‘नेपाल बायोग्राफी अफ इन्डिजिनियस पिपल’लगायत १४ मातृभाषाको व्याकरण, दस भाषाको व्याकरण शब्दकोष र २३ भाषाको वर्णमाला प्रकाशित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?