logo
२०८१ बैशाख १२ बुधवार



चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

फिचर |


चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु


शालिग्राम नेपाल
चितवन, मंसिर १२ गते । चितवनमा एकैदिन थप दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महनगारपालिका वडा नं. १७ का ५७ वर्षीय पुरुषको शुक्रबार विहान ५ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।
निमोनियाको समस्या भएपछि उहाको मंसिर ३ गते पीसीआर परीक्षण गरिएको थियो । अर्को दिन कोरोना संक्रमण पुष्टि भएपछि उहालाई मंसिर ५ गते अस्पताल भर्ना गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि उहालाई कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो ।
यस्तै सोही अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा उपमहागरपालिका वडा नं. १० की ५७ वर्षीया कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ । विहीबार मात्रै कोरोना संक्रमणसहित अस्पताल भर्ना हुनु भएको ती महिलाको शुक्रबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?