logo
२०८१ बैशाख ७ शुक्रवार



स्मिथ र फिञ्चको शतकमा अष्ट्रेलियाद्वारा भारत समक्ष ३७५ रनको विशाल लक्ष्य

खेलकुद |


स्मिथ र फिञ्चको शतकमा अष्ट्रेलियाद्वारा भारत समक्ष ३७५ रनको विशाल लक्ष्य
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १२ गते । भारत विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा अष्ट्रेलियाले विशाल योगफल तयार गरेको छ । ५० ओभरमा अष्ट्रेलियाले छ विकेटको क्षतिमा ३७४ रनको योगफल तयार गरेको हो । सिड्नीमा टस जितेर पहिला ब्याटिंग रोजेको अष्ट्रेलियाका लागि कप्तान आरोन फिञ्चले देविड वार्नरसँग १५६ रनको ओपनिंग साझेदारी गरेर उत्कृष्ट सुरुवात दिलाउनुभयो ।
वार्नर ६९ रन बनाएर पेभेलियन फर्किदा आरोन फिञ्चले दोस्रो विकेटका लागि स्टिभ स्मिथसँग १०८ रनको साझेदारी गर्नुभयो । स्मिथ र फिञ्च दुबैले शतक लगाए । फिञ्च ११४ र स्मिथ १०५ रन बनाए । ४४ ओभरमा मात्र तीन विकेटको क्षतिमा ३२८ रन जोडेको अष्ट्रेलियाले बाँकीको छ ओभरमा चार सय रनको योगफल तयार गर्ने अपेक्षा गरिएको थियो । तर छ ओभरमा लगालग चार विकेट झरेपछि उसको पारी ३७४ रनमा सीमित हुन पुग्यो ।
इन्डियन प्रिमियर लिगको पुरै खेलमा मात्र १०८ रन बनाउन सकेका ग्लैन म्याक्सवैल भारत विरुद्धको पहिलो खेलमै मात्र १९ बलमा पाँच चौका र तीन छक्का लगाएर ४५ रनको विष्फोटक पारी खेल्नुभयो । मार्कस स्टोइनिस भने युज्वेन्द्र चाहलको बलमा खाता नखोल्दै पेभेलियन फर्किनुभयो । एलेक्स कैरिले १७ रन बनाएर अविजित रहनुभयो ।
भारतका लागि मोहम्मद सामीले सर्वाधिक तीन तथा जसप्रित बुमराह, नवदीप सैनी र युज्वेन्द्र चाहलले सामान एक एक विकेट लिए । चाहलले १० ओभरमा ८९ रन खर्चिदा सैनीले ८३ तथा मोहम्मद सामीले ५९ र बुमराहले ७३ रन खर्चिए । रबिन्दर जडेजाले दश ओभरमा मात्र ६३ रन खर्चेपनि विकेटविहीन हुनुपर्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?