logo
२०८० चैत्र १६ शुक्रवार



म्याराडोनालाई नपोलीको श्रद्धाञ्जली

खेलकुद |


म्याराडोनालाई नपोलीको श्रद्धाञ्जली
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १२ गते । नपोलीले आफ्नो महान खेलाडी म्याराडोनालाई श्रद्धाञ्जली दिएको छ । म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार अबेर राति अर्जेन्टिनामा निधन भएको थियो ।
अर्जेन्टिनाका महान खेलाडी म्याराडोनाले सन् १९९० को दशकमा क्लब फुटबल अन्तर्गत नपोलीको प्रतिनिधित्व गर्दै दुई पटक सिरी ए को उपाधि दिलाउनुभएको थियो । यूरोपा लिग अन्तगर्त एच एन के रिजेका विरुद्धको खेल अघि म्याराडोनालाई नपोलीले श्रद्धाञ्जली दिएको हो । सान पाओलोमा भारी संख्यामा फुटबल प्रशंसक जमा भई नपोलीको आयोजनामा भएको श्रद्धाञ्जलीमा सहभागी भएर म्याराडोनाप्रति आदर प्रकट गरेको हो ।
नपोलीका मालिक औरेलो डे लौरेन्टिसले खुला पत्र लेख्नुहुँदै स्टेडियो सान पाओलो रंगभूमिलाई म्याराडोना रंगभूमि नामकरण गर्न आग्रह गर्नुभयो । नेपल्सका मेयर लुगि डे मजिस्ट्रिसले समेत लौरेन्टिसको विचारमा समर्थन जनाउनुभयो ।
लौरेन्टिसको खुला पत्रमा लेखिएको छ, “ तपाईको महानता तपाईको कमजोरी, तपाईको अपूर्णता र तपाईको गल्तीहरु भन्दा अत्याधिक छन् ।” क्रोएशियाको रिजेका विरुद्धको खेल अघि एक मिनेट मौन धारण गरिएको थियो । नपोलीका खेलाडीहरु पछाडि म्याराडोना १० लेखिएको कमिज लगाएर खेलमा उत्रिएका थिए । नपोलीले उक्त खेल २–० ले जित्यो । समूह एफ को शीर्ष स्थानमा उक्लिदै नपोली दुई अङ्कको स्पष्ट अग्रता लिएको छ ।
म्यराडोना नपोलीका लागि सन् १९८४ देखि १९९१ सम्म खेल्नुभयो । सन् १९८७ र १९९० मा म्याराडोनाले नपोलीलाई सिरी ए को उपाधि दिलाउनुभयो । सन् १९८९ मा यूइएफए कपको उपाधि समेत नपोलीले म्याराडोनाकै नेतृत्वमा जित्यो । नपोलीका मालिक लौरेन्टिसले लेख्नुभएको छ, “हामीले सान पाओलोलाई म्याराडोना राख्नु उचित हुनेछ, यसो गर्दा तपाईले देखाउनुभएको उत्कृष्ट बाटो नपोलीले पछ्याइरहेको साक्षी हुनेछ ।” “डिआगो तपाईलाई धन्यवाद छ, तपाई हुनुहुन्छ, र हामी सँगै सधैं रहिरहनु हुनेछ ।”– उहाँले लेख्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?