logo
२०८१ बैशाख ११ मंगलवार



बन्दूकधारी समूहद्वारा गाडी नियन्त्रणमा लिई २८ यात्रुको अपहरण

अन्तर्राष्ट्रिय |


बन्दूकधारी समूहद्वारा गाडी नियन्त्रणमा लिई २८ यात्रुको अपहरण
तस्विर-ला पेन्सा ल्याटिना


मैदानसार, अफगानिस्तान, मंसिर ११ गते। अफगानिस्तानको पश्चिमी वार्डाक प्रान्तमा बन्दूकधारी एक समूहले सडकमा गुडिरहेका गाडीलाई रोकी कम्तीमा २८ यात्रुलाई अपहरण गरेको प्रान्तीय प्रहरी प्रवक्ता हाजी मोहम्मद अफियानीले बिहीबार पुष्टि गर्नु भएको छ ।
उक्त समूहले बुधबार काबुलकालाई छुटेका ती गाडीलाई जालरिज जिल्लाबाट नियन्त्रणमा लिई यात्रुहरूलाई अपहरण गरेको अफगानी अधिकारी अफियानीले सिन्ह्वालाई बताउनुभयो । प्रहरीले अपहरणमा अफगानी तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ भने तालिवान समूहबाट समाचार तयार पार्दासम्म यसबारे कुनै प्रतिक्रिया आइसकेकोे छैन ।
अफियानीका अनुसार प्रहरीले अपहरित व्यक्तिको खोजी गरी सुरक्षितरूपमा अपहरणमुक्त गर्न विभिन्न समूहलाई खटाइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?