logo
२०८० चैत्र १५ बिहीवार



काठमाडौं उपत्यकामा ७८५ मा सङ्क्रमणको पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा ७८५ मा सङ्क्रमणको पुष्टि


गोरखपात्र अनलाइन
काठमाडौं, मंसिर ११ गते । काठमाडौं उपत्यकामा कोरोना भाइरसका ७८५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ७८५ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ३३७ महिला र ४४८ पुरुषमा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा नौ हजार ४९१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । देशैभरि एक हजार ६१४ जना नयाँ सङ्क्रमित पहिचान गरिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ४३७ जना निको भएर घर फर्केका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा हाल सात हजार ६४४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकोमा ७७ हजार ७८९ जना निको भएका छन् । हालसम्म काठमाडौंमा ३३९ जना सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा एक हजार ४९४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकोमा ११ हजार २१४ जना निको भएको र ९६ जना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुरमा हाल ५८९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ८९ जनाको मृत्यु भएको छ भने सात हजार ४८ जना हालसम्म निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?