logo
२०८१ बैशाख १३ बिहीवार



चुलु हिमालको शिखरमा मनाइयो देवकोटा र विकल जन्मजयन्ती

कला |


चुलु हिमालको शिखरमा मनाइयो देवकोटा र विकल जन्मजयन्ती


गोरखपत्र अनलाइन
काठमाडौं, कात्तिक २९ गते । कुनै प्रख्यात साहित्यकारकाे जन्मजयन्ती समाराेह भन्ने वित्तिकै केही व्यक्ति जम्मा हुने, तस्बिरमा  माल्यार्पण गर्ने र भाषण तथा उहाँहरूकाे याेगदानकाे चर्चा गरिन्छ । तर एक युवा कवि तथा आराेहीले भने अलिक फरक ढङ्गले मनाउनुभएकाे छ । सधैं एकै किसिमले गर्नुभन्दा फरक गराै भनेर  महाकवि लक्ष्मीप्रसाद देवकोट तथा आख्यानकार रमेश विकलको जन्मजयन्तीको अबसरमा उहाँहरूको तस्बिरलाई चुलु इस्ट हिमालको चुचुरोमा पु-याइयाे ।  
 प्रथम साहित्यिक हिमाल आरोही तथा महानन्द सापकोटा वाङ्मय प्रतिष्ठानका अध्यक्ष साहित्यकार लक्ष्मण सापकोटा तथा उद्धव थापाले आज दिउँसो ११ बजे चुचरोमा पुग्नु भएको र दुबै सहित्यकारको तस्बिर राखेर जन्मजयन्ती मनाएर नयाँ शुरुवात गरिएको बताउनुभयो । मनाङ जिल्लामा रहेको चुलु इस्ट हिमाल ६ हजार ५८४ मिटर अग्लो छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?