logo
२०८० चैत्र १६ शुक्रवार



दैलेखमा भएका छुट्टाछुटै दुर्घटनामा तीनको मृत्यु, १५ घाइते

खुला |


दैलेखमा भएका छुट्टाछुटै दुर्घटनामा तीनको मृत्यु, १५ घाइते



दैलेख समाचारदाता
दैलेख, कात्तिक ४ गते । बिहीबार भएका छुट्टाछुटै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । सुर्खेत बाट दैलेखको चामुण्डाबिन्दासैनी नगरपालिकाको जम्बुकाध जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका हुन् ।
सुर्खेतबाट दैलेखको जम्भुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएकोे दैलेख प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएका ललित नेपाली रहेको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभयो । बसको ब्रेकफेल भएर सडक किनारामा रोकिएको टिप्परमा ठोकिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाईतेहरुकोे स्थानीय मेडिकलमा उपचार भैरहेको श्रेष्ठले बताउनुभयो ।
यस्तै, दैलेखको गुराँस गाउँपालिका २ बान्द्रे भन्ने स्थानमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । तल्लो डुंगेश्वरदेखि माथिल्लो डुंगेश्वर आउँदै गरेको बा ४ ख ६७७१ नम्बरको टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ । टिप्पर दुर्घटनामा मुत्यु हुनेहरुको परिचय खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?