logo
२०८० चैत्र १६ शुक्रवार



वैदेशिक लगानी ४९.१ प्रतिशतले वृद्धि

मुख्य समाचार |


वैदेशिक लगानी ४९.१ प्रतिशतले वृद्धि


 

गोपालचन्द्र सुवेदी

काठमाडौँ, असोज १५ गते । कोभिड–१९ महामारी हुँदाहुँदै पनि उद्योग, वाणिज्य तथा आपूर्तिको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल हुन सकेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । आफूले कार्यकाल सम्हालेपछि हालसम्मका उपलब्धि सार्वजनिक गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले वैदेशिक लगानी, वैदेशिक व्यापार उद्योग प्रवद्र्धनका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल गरेको बताउनुभएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७६÷७७ मा वैदेशिक लगानीमा ४९.१ प्रतिशतले वृद्धि भएर १९ अर्ब ४८ करोड पुगेको छ । यद्यपि चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो महिनामा भने अघिल्लो आवको पहिलो महिनाको तुलनमा ३.३ प्रतिशतले कमी आएको उल्लेख छ ।
प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री भट्टले देशभित्रको औद्योगिकीकरणको लहर ल्याउने गरी कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो । हामीले औद्योगिक क्षेत्रको विसतारलाई सङ्घीयताका मर्म र भावनाअनुरूप विकेन्द्रित गर्दै सथानीय तहसम्म पु¥याउन थालेको भन्दै गत आवमा मात्रै ४५ पालिकामा औद्योगिक ग्राम घोषणा गरिएको, चालू आवमा १३० वटा घोषणा गर्ने जानकारी दिनुभयो ।
प्रगति विवरणअनुसार कोभिड–१९ का कारण आयातमा सङ्कुचन आए पनि निर्यात भने खासै प्रभावित भएन । गत आवमा आयात १५.६ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब कायम भयो भने निर्यात ०.६ प्रतिशत वृद्धि भएर ९७ अर्ब ७१ खर्ब कायम भएको जनाइएको छ । आव २०७५÷७६ मा १३.५ प्रतिशतले व्यापार घाटा वृद्धि भएकामा गत आवमा १६.८ प्रतिशतले घटेको देखिएको छ ।
देशभित्र लागनी तथा व्यावसायिक वातावरण निर्माणतर्पm आफ्नो मन्त्रालयबाट विशेष पहल भएको भनाइ पनि मन्त्री भट्टको छ । वातावरण निर्माणकै लागि आधा दर्जन कानुन गत आवमै बनेको उहाँले बताउनुभयो । कतिपय कानुन तथा नीति निर्माणको चरण रहेको र एकल बिन्दु सेवा कन्द्रलाई अधिकार सम्पन्न बनाउन आवश्यक पहल भइरहेको उहाँको भनाइ थियो । रुग्ण उद्योगहरूको पुनरुत्थानका लागि एक विज्ञ समिति गठन गरिएको र सो समितिको सिफारिसका आधारमा पुनरुत्थानका कार्यक्रम सञ्चालन हुने प्रगति विवरणमा उल्लेख छ ।
उपभोग्य वसतुको गुणसतरमा कुनै पनि सम्झौता गर्ने पक्षमा सरकार नरहेको सपसट पार्दै मन्त्री भट्टले गुणसतरमा हेलचेक्र्याइँ गर्ने जोसुकैलाई पनि कानुनी कारबाहीका दायरामा ल्याउने काम गरिएको बताउनुभयो ।
वैदेशिक व्यापार विसतार गर्नका लागि पनि मन्त्रालय सक्रिय रहेको जनाउँदै त्यसका लागि बङ्गलादेशसँग दुईवटा समझदारी पत्रमा हसतारक्षर भइसकेको र अक्टोबरमा हुने वार्तामा सौविध्यपूर्ण व्यापार लगायतका विषयमा छलफल गर्न लागिएको मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।
आन्तरिक व्यापार तथा आपूर्ति व्यवसथालाई पनि चुसत पार्ने प्रयास गरिएको मन्त्रालयले जनाएको छ । विवरणअनुसार दुर्गम क्षेत्रमा १४ हजार ४३० मेट्रिकटन खाद्यान्न र करिब ७५ हजार क्विन्टल नुन ढुवानी भएको छ । सार्वजनिक उद्योगलाई पनि आफ्नो कार्यकालमा प्राथमिकतामा राखिएको मन्त्री भट्टको भनाइ छ ।
गत आवमा हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगबाट क्रमशः ८३, ८३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन भएको थियो । नेपाल औषधि लिमिटेडबाट यस पटकदेखि ह्यान्ड सेनिटाइजर उत्पादन गर्दा तीन करोड रुपियाँ मुनाफा भएको उल्लेख छ । मन्त्रालयले आफ्नो व्यवसथापन तथा सुशासन प्रणालीलाई चुसत बनाउँदा बरुजु रकम ५५ प्रतिशत फसर्योट भएको विवरण पत्रमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?