logo
२०८० चैत्र १५ बिहीवार



पीसीआर परीक्षणपछि मात्र परीक्षामा बस्न पाउने निर्णय राेक्न निर्देशन

शिक्षा |
राष्ट्रिय |


पीसीआर परीक्षणपछि मात्र परीक्षामा बस्न पाउने निर्णय राेक्न निर्देशन


सरोज ढुंगेल
काठमाडौं, असोज ११ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षा दिने विद्यार्थीलाई पीसीआर परीक्षणपछि मात्रै परीक्षामा बस्न दिने निजी मेडिकल कलेजको निर्णय कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । पीसीआर परीक्षण गरेपछि मात्र रिपोर्टको आधारमा परीक्षामा सामेल गराउने निर्णय अवैज्ञानिक भएको भन्दै लक्षण नदेखिएका कुनै पनि विद्यार्थीलाई पीसीआर परीक्षण गर्नु कुनै पनि दृष्टिकोणबाट वैज्ञानिक नभएको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोभिडविरुद्धको अभियानमा समेत यसले खलल पु¥याउने भन्दै विभिन्न पेशा, व्यवसायमा संलग्न कोही पनि व्यक्ति, फ्रन्ट लाइनमा काम गर्ने व्यक्तिमा लक्षण देखिएकालाई परीक्षामा सामेल गराउन निर्देशन दिनुभयो ।

उहाँले कन्ट्याक्ट ट्रेसिङमा परेका र आइसीयूमा भर्ना भएका व्यक्तिहरुको मात्र पिसिआर गर्नुपर्ने दायरा सरकारले निर्धारित गरेको भन्दै त्यसबाहेकका व्यक्तिको पीसीआर गराउनु पूर्णतः अवैधानिक हुने बताउनुभयो । लुम्बिनी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, विराट मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेजलगायतले विद्यार्थीलाई पीसीआर गरेर मात्रै परीक्षामा सहभागी हुनुपर्ने पत्र पठाएपछि केही विद्यार्थीले आइतबार पत्र लिएर मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?