logo
२०८० चैत्र १५ बिहीवार



बर्दियामा सवारी साधन जोर-बिजोर, समय तोकेर उद्योग सञ्चालन

अर्थ |
फिचर |


बर्दियामा सवारी साधन जोर-बिजोर,  समय तोकेर उद्योग सञ्चालन



मुकुन्द सुवेदी
बर्दिया, असोज ११ गते । बर्दियामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएपछि सवारी साधन सञ्चालन, उद्योग व्यवसाय तथा पसल सञ्चालनमा कडाइ गरिएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले असोज १३ गतेदेखि सवारी साधन सञ्चालनमा जोर-बिजाेर प्रणाली लागू गर्ने, उद्योग व्यवसाय र पसल सञ्चालन बिहान १० बजेदेखि ५ बजेसम्म मात्र सञ्चालन गर्ने र चार जनाभन्दा बढीको समूहमा हिँड्न निषेध गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले दिन प्रतिदिन जिल्लामा सङ्क्रमितको सङ्ख्या तथा मृत्यु हुनेको सङ्ख्या बढिरहेको अवस्थामा कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्नको लागि केही कडाइ गरिएको बताउनुभयो । केही स्थानीय तहहरूले विद्यालय सञ्चालनको तयारी गरिरहेको भए पनि हालको अवस्था अनुसार सङ्क्रमणको जोखिम उच्च देखिएको हुँदा विद्यालय सञ्चालन नगर्न शिक्षा विकास समन्वय इकाई र स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

स्वास्थ्य कार्यालय बर्दियाका अनुसार जिल्लामा हालसम्म कोरोना भाइरस सङ्क्रमणको कारण चार जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ६४५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । तीमध्ये ४५८ जना निको भएर घर फर्केका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?