logo
२०८० चैत्र १५ बिहीवार



थप चार शव फेला, जोखिम घरहरु स्थानान्तरण

खुला |


थप चार शव फेला, जोखिम घरहरु स्थानान्तरण



प्रदेश ५ ब्यूरो
बुटवल, असोज ९ गते । वर्षा र बाढीका कारण प्रदेश ५ का विभिन्न जिल्लाहरुमा क्षति बढ्दो छ । पाल्पा र कपिलवस्तुमा बुधबार र बिहीबार भएका घटनाहरुमा बेपत्ता भएका थप चार जनाका शव शुक्रबार फेला परेका छन् । यस्तै पहिरोले १७ घर बगाएको अर्घाखाँची सितगङ्गामा थप जोखिमका बस्तीका ९९ घर परिवारलाई स्थानान्तरण गरिएको छ ।

तानसेन समाचारदाताका अनुसार पाल्पाको रम्भा २, बेलौजामा बुधबार पहिरोले पुरिएका तीन जनाको शव नेपाली सेना, सशत्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा शुक्रबार निकालिएको छ । पहिरोमा पुरिएका ६२ वर्षिय हुमबहादुर गाहाकी छोरी १७ वर्षकी कृष्णमाया, नातिनीहरू ८ वर्षकी लक्ष्मी र १४ वर्षकी खुमीसरा आलेको शव निकालिएको वडा अध्यक्ष उमानसिंह सारूले जानकारी दिनुभयो ।
पहिरोमा च्यापिएर मृत्यु भएको आशंका गरिएका हुमबहादुर र श्रीमती धनीसरालाई अझैँ निकाल्न नसकिएको सुरक्षा अधिकारीहरुले जनाएकाछन् । तीन जना भने बाँच्न सफल भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?