logo
२०८० चैत्र १६ शुक्रवार



जाने हाेइन त हेर्न तीनधारे झरना (फोटो फिचर)

पर्यटन |


जाने हाेइन त हेर्न तीनधारे झरना (फोटो फिचर)
तस्बिर ः विकास द्वारे


 शब्द: यलु जोशी/तस्बिर : विकास द्वारे  
काभ्रे, असोज २ गते । सामाजिक सञ्जालमा बहुबली झरनाको नामले प्रसिद्ध तीनधारे झरना धेरै भाइरल भइरहेको छ । मनै लोभ्याउने झरनाले धेरैको मन तानेको छ । अहिले युवापुस्ता त्यहाँ पुगेर रमाइलो गरेको तस्बिरहरु फेसवुक, इन्स्टाग्राममा राख्न पाउदा दङ्ग पर्ने गरेको पनि पाइन्छ ।
काभ्रेपलाञ्चोक जिल्लको रोशी गाउँपालिका – २ काफलडाँडामा अवस्थित तीनधारे झरनामा अहिले बनेपा, धुलिखेल, काठमाडौ, भक्तपुरदेखि मानिस जाने गरेको पाइन्छ । करिब तीन सय मिटर उचाइबाट झर्ने पानीको बहाव आकर्षक देखिन्छ ।


काठमाडौंबाट करिब ६० किलोमिटरको दूरीमा पर्ने सो झरना धुलिखेलबाट भने ३० किलोमिटर दूरीमा पुग्न सकिन्छ । बिहान सबेरैदेखि काठमाडौबाट भक्तपुर, बनेपा, धुलिखेल हुदै सिन्धुलीको बर्दीबासको बाटो हँुदै नमो बुद्ध, दाप्चा, जरुवा खोलाको यात्रा पछि काफल डाँडाबाट एक घण्टाको हिडाँइ पश्चात झरनाको गन्तब्यमा पुग्न सकिन्छ । तीनधारे झरना संयोजक समितिका अध्यक्ष विरबहादुर मगरले भन्नुभयो, यो झरना पहिलेदेखि नै थियो तर कसैको आँखा नपुगेकोले ओझेलमा परिरहेको थियो ।उहाँले विगत एक महिना देखिमात्र सो झरना लोकप्रिय भएको जानकारी दिदै माघ को २१ गते केही ब्यक्तिले ड्रोनबाट फोटो खिचेपछि चर्चामा आएको बताउनुभयो ।
झरना वरपर ३२ घर रहेको बताउँदै उहाँले थप्नुभयो, स्थानीयको श्रमदानले चिप्लो बाटो केही मर्मत गर्न लागि परेका छौं ।
झरना हेर्न आउने पर्यटकलाई बाटोको कारण धेरै समस्या भएको गुनासो पछि स्थानीय र गाउँपालीको पहलमा दुङ्गा ओछ्याउने कार्य शुरु भएको जानकारी दिनुभयो ।अध्यक्ष मगरले झरना संरक्षणको लागि गाउँपालिकाबाट पाँच लाखको बजेट छुट्याइएको प्रष्ट पार्नुभयो । पर्यटक झरनाबाट खसेर दुर्घटना नपरुन भने भनेर रेलिङ बार लगाउने कार्य भएको पनि बताउनुभयो ।

उहाँले गाउँ पालिकाबाटै बाटोको लागि दश लाख रुपियाँ बजेट दिने प्रष्टपार्दै प्रदेशबाट पनि बजेट आउने जानकारी दिनुभयो छ । स्थानीय राममाया मगरले यो झरना हाम्रो लागि नौलो नभए पनि बाहिरबाट आउनेका लागि भने आकर्षक भएको जानकारी दिनुयभो ।


उहाँको अनुसार यो झरनामा मानिसको आवागमन ह्वात्तै बढेको छ । झरनामा गत दुई महिनायता मानिसको चाप ह्वात्तै बढेको हो । यो झरना प्राकृतिक आकारमै रहे पनि पछिल्लो समय यसले आफ्नो धार बदलेर आकर्षक रूप धारण गरेपछि थप मनमोहक देखिएको अध्यक्ष मगर बताउँनुभयो ।


सामाजिक सञ्जाल फेसबुकमार्फत थाहा पाएपछि झरना हेर्न पुग्नुभएको काठमाडौका रोसन सापकोटाले झरना हेरेपछि बाटोको थकान सबै मेटिने अनुभव ब्यक्त गर्नुभयो ।
हेर्दा बलिउड चलचित्र बहुवलीमा देखाएको झरना जस्तै देखिने निकै मनमोहक भएको बताउदै भन्नुभयो, यस्तो झरना त पोष्टरमा मात्र देख्ने गरेको थिए आज आँखा अगाडी देख्दा निकै रमाइलो भइरहेको छ ।
पछिल्लो समय यो झरना सामाजिक सञ्जालमा ‘भाइरल’ छ । खासगरी फेसबुक, ट्विटर, युट्युबमा झरनाका तस्बिर र भिडियो अत्यधिक सेयर भएका छन् । सामाजिक सञ्जालमा सेयर भएका तस्बिर र भिडियोलाई पछ्याएर नै अहिले अधिकांश मानिस झरना पुग्ने गरेका छन् ।


केही समयअघिसम्म खासै चर्चामा नरहेको यो झरनामा अहिले मानिसको घुइँचो लाग्ने गरेको छ । अध्यक्ष मगरका अनुसार झरनामा अहिले दैनिक औसत १५ सय देखि दुई हजारसम्म मानिस अवलोकनका लागि आउँछन् ।
झरनासँग यस आसपासका क्षेत्रको पनि प्रवर्द्धन जरुरी रहेको स्थानीयको भनाइ छ । झरना आसपासमा तामाखानी, झाँक्रीगुफा, महाभिर छाँगा, पाँचकन्या पोखरी, कमलपोखरीजस्ता गन्तव्यको पनि पहिचान र प्रवर्द्धन गर्नुपर्ने उनीहरूको माग छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?