logo
२०८१ बैशाख १४ शुक्रवार



निर्देशक तथा लेखक छेतन गुरुङको ४२ वर्षको उमेरमा निधन

मनोरञ्जन |


निर्देशक तथा लेखक छेतन गुरुङको ४२ वर्षको उमेरमा निधन


गोरखापत्र समाचारदाता
काठमाडौ, भदौ २४ गते । चलचित्र निर्देशक तथा लेखक छेतन गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । मेट्रो अस्पताल, महाराजगंजमा उहाँको उपचारको क्रममा मङ्गलबार राति मृत्यु भएको हो । गुरुङ कलेजोमा समस्याबाट पीडित हुनुहुन्थ्यो ।
केही समयदेखि उहाँ चलचित्र ‘हुतुतु’ निर्देशनको तयारीमा हुनुहुन्थ्यो । ‘हुतुतु’ को स्किृप्टमै काम भइरहेको थियो । कोरोना भाइरसले सिर्जना गरेको असहज परिस्थिति सामान्य हुनासाथ फिल्मको छायाङ्कन थालिने तयारी थियो ।
आसुसेन फिल्म प्रोड्क्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा निर्माता तथा निर्देशक सन्तोष सेन र गुरुङ निर्मातामा रुपमा आउन लाग्नुभएको थियो । चलचित्रमा प्रदीपसँगै हरिवंश आचार्य, पल शाह, नाजिर हुसेन, सलोन बस्नेत, गौरव पहारी, मओत्से गुरुङ, राजाराम पौडेललगायत पक्का भइसकेको थियो ।
निर्माता तथा निर्देशक सन्तोष सेनले छेतनको असामयिक निधनले आफू दुःखी भएको बताउँदै नेपाली चलचित्र उद्योगले ठुलो क्षेति गर्नुपरेको प्रतिक्रिया दिनुयभो ।
नोभेम्बर रेन, क्लासिक, ‘ए मेरो हजुर ३’ लगायत फिल्मका स्क्रिप्ट तयार पारेका छेतनले ‘डमरुको डन्डीबियो’ निर्देशन गरेपछि ‘प्रेम गीत ३’ निर्देशन गर्नुभएको थियो ।
‘चलचित्र निर्देशक तथा लेखक छेतन गुरुङको निधनको खबरले निकै दुःखी भएको छु, उहाँको चीर शान्तिको कामना गर्दछु,’ हरिवंश आचार्यले आफ्नो टिविट् गर्दे समवेदना प्रकट गर्नुभएको छ । सिर्जनात्मक क्षमता, कसैको चित्त नदुखाउने स्वभावको मान्छे भएको प्रतिक्रिया पनि दिनुभएको छ ।
यसैगरी हलिउडका ओस्कार विजेता नाटककार एवं पटकथाकार सर रोनाल्ड हारवुडको पनि ८५ वर्षको उमेरमा निधन भएको छ । दक्षिण अफ्रिकामा जन्मेका सर रोनाल्ड ब्रिटेनको महान युद्धपछि उदाएका नाटककारहरू मध्ये एक हुन् । उहाँको चर्चित नाटकहरूमध्य ’द ड्रेसर’ र ’क्वार्टेट’माथि फिल्म समेत निर्माण गरिएको थियो
सन् २०१० मा क्वीन एलिजावेथको जन्मदिनमा उहाँले विशेष सम्मान पाउनुभएको विभिन्न समाचार एजेन्सीमा जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?