logo
२०८० चैत्र १५ बिहीवार



अमेरिकामा ‘बृहत नेपाली रचना वाचन’ कार्यक्रम सम्पन्न

कला |
विदेश |


अमेरिकामा ‘बृहत नेपाली रचना वाचन’ कार्यक्रम सम्पन्न


गोरखापत्र समाचारदाता
काठमाडौं, भदौ २३ गते । राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको सम्झनामा अमेरिकाको न्यूयोर्क सिटी फरेष्टपार्कस्थित खुलामञ्चमा ‘बृहत नेपाली रचना वाचन’ कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ महामारीका कारण खुम्चीएर बसेका प्रवासी साहित्यकार तथा सर्जकहरूलाई सिर्जनशील र क्रियाशील बनाउन तारा–किशन फाउण्डेसन अमेरिकाले सो कार्यक्रमको आयोजना गरेको हो ।

‘खुला वाचन कार्यक्रममा डेढसय जना भन्दा बढी श्रष्टाहरूले राष्ट्रकवि घिमिरेप्रति समर्पित तथा कोभिड–१९ महामारीसँग सम्वन्धित गीत, गजल, मुक्तक र कविताहरू तीनघण्टा लगातार बाचन गर्नु भएको थियो ।

आयोजक संस्थाका संस्थापक किसन धामीले राष्ट्रकविको सम्झनामा कोभिड–१९ महामारी विरुद्ध वृहत वाचन कार्यक्रम सम्पन्न गरिएको जानकारी दिनुभयो ।
अमेरिकाकमो न्युयोर्क, न्युजर्सी, बोष्टन र म्यासाच्युसेट्स लगायतका शहरीक्षेत्रमा बसोवास गर्दै आएका नेपाली साहित्य अनुरागीहरूले सहभागिता जनाउनुभएकाे थियाे । नेपाली समाज अमेरिकाका अध्यक्ष राजेश भट्ट, आयोजक तारा धामी र अधिकारकर्मी नवराज केसीले कार्यक्रमको औचित्यका बरेमा जानकारी दिनभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?