logo
२०८० चैत्र १६ शुक्रवार



अफगानिस्तानले ४०० तालिबान लडाकुलाई जेलमुक्त नगर्ने

अन्तर्राष्ट्रिय |


अफगानिस्तानले ४०० तालिबान लडाकुलाई जेलमुक्त नगर्ने
तस्विर–फाइल


काबुल, साउन ३० गते ।
अफगान सरकारले जेलमा रहेका कम्तीमा पनि ४०० तालिबानलाई जेलमुक्त नगर्ने भएको छ । राष्ट्रपति अस्रफ घानीले दुई दिन अघि मात्र पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिनुभएको छ । यसअघि पनि उहाँले इदका अवसरमा तीन दिने नयाँ युद्धविराम शुरु भएसँगै यस्तो आदेश दिनुभएको थियो ।
अफगानिस्तान सरकारले यसरी सरकारको जेलमा रहेका कम्तीमा पनि चार हजार ६०० जति तालिबानलाई मुक्त गरिदिएको छ । तर पनि जेलमा रहेका अरु ४०० जना जति तालिबानलाई भने अफगानिस्तानको सरकारले रिहा नगर्ने जनाएको हो ।
संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा हाल अफगान जेलमा रहेका पाँच हजार जना तालिबानी लडाकुहरूलाई रिहा गर्नुपर्ने छ । यसबमोजिम पछिल्लो पटक गरिएको रिहाइसँगै अफगान सरकारले चार हजार ६०० जना बन्दीलाई रिहाइ गरिसकेको छ । तर पनि बाँकी ४०० जना भने निकै खतरनाक ठानिएका अथवा यहाँ गम्भीर प्रकृतिको हत्या हिंसामा संलग्न भएका लडाकुहरूलाई भने मुक्त गर्न काबुल सरकार हिच्किचाइरहेको बताइएको छ । तालिबान समूहले भने पछिल्लो पटक रिहाइ हुन लागेका लडाकुहरू पहिलो सूचीमा नाम नभएका व्यक्ति रहेको र आफ्नो मागबमोजिम पाँच हजार जना नै मुक्त गरिनुपर्ने बताएको छ ।
राष्ट्रपति घानीले गम्भीर प्रकृतिको अपराधमा संलग्न भएका ४०० तालिबानी लडाकुलाई रिहाइको निर्णय गर्ने अधिकार आफूसँग पनि नरहेको बताउनुभएको थियो । तर पनि उहाँले पछिल्लो समयमा भने उनीहरूको पनि रिहाइको लागि निर्देशन दिनुभएको बुझिएको छ ।
अफगानी ज्येष्ठ एवं प्रबुद्ध समूहको भेलाले मात्र उनीहरूको भाग्यको फैसला गर्न सक्ने राष्ट्रपतिले बताउँदै आउनुभएको थियो । गएको फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकु एवम् विद्रोहीका कब्जामा रहेका एक हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख भएको थियो ।
त्यसैले ताबिलानहरूले ती सबै जनालाई रिहा नगर्दासम्म आफूहरू वार्तामा नबस्ने बताएका छन् । उनीहरूलाई रिहा गरिएमा छिट्टै वार्तामा बस्ने तालिबान समूहको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?