logo
२०८० चैत्र १६ शुक्रवार



गोरखापत्र कलाकर्मी खनाल पुरस्कृत

कला |


गोरखापत्र कलाकर्मी खनाल पुरस्कृत


गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २९ गते । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ले ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७७’ मा सहभागीमध्ये उत्कृष्ट भएका कलाकारलाई पुरस्कृत गरेको छ । देशभरका कलाकारले सिर्जना गरेका कलालाई समेटेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७७’ को आयोजना गरिएको थियो । यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को कारण प्रदर्शनी भर्चुअल रूपमा आयोजना गरिएको थियो ।
प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सहभागी कलाकारलाई नगदसहित पुरस्कृत र सम्मान गरिएको बताउनुभयो । एक लाख रुपियाँ राशिको राष्ट्रिय अरनिको सम्मान–२०७७ बाट काठमाडौंँका शङ्करनाथ रिमाल र ललितपुरका शन्तकुमार शाक्य सम्मानित हुनुभयो । यस्तै ललितकला राष्ट्रिय लेखन पुरस्कार २०७७ बाट प्रा.डा. लय मैनाली र ललितकला राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७७ केशवराज खनाललाई जनही २५ हजार रुपियाँसहित प्रदान गरियो । खनाल गोरखापत्र संस्थानमा कार्यरत हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?