logo
२०८० चैत्र १५ बिहीवार



पाटनको कृष्ण मन्दिरमा बाहिरबाटै पूजा (फोटो फिचर)

फिचर |
खुला |


पाटनको कृष्ण मन्दिरमा बाहिरबाटै पूजा (फोटो फिचर)
तस्बिरः बिकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २८ गते । उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन खुल्ने पाटनको कृष्णमन्दिर यो वर्ष खुलेको छैन । मन्दिर खोल्दा भक्तजनहरूको ठूलो उपस्थिति हुने भएपछि सङ्क्रमण सर्ने खतरा भएको कारणले मन्दिर नखोलिएको मङ्गल टोल सुधार समिति पाटनले जनाएको छ । ललितपुर महानगरपालिकाले पनि सङ्क्रमणको अत्यधिक जोखिम रहेकाल कृष्ण मन्दिर नखोल्ने बताएको थियो ।

ललितपुर महानगरपालिका र मङ्गल टोल सुधार समितिले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्दिर बन्द रहने जानकारी सोमबार नै गराएको थियो । सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको कृष्ण मन्दिर ०७२ सालको भूकम्पमा परी आंशिक रुपमा क्षति भएको थियो । मन्दिरमा क्षति पुग्दा ०७३ र ०७४ को कृष्णजन्माष्टमीमा मन्दिर घुम्न र बाहिरैबाट परिक्रमा गर्ने मात्र व्यवस्था मिलाइएको थियो ।

तस्बिरः विकास द्वारे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?