logo
२०८० चैत्र १५ बिहीवार



गर्भवतीलाई हेलिकप्टरद्वारा उद्धार

प्रदेश |


गर्भवतीलाई हेलिकप्टरद्वारा उद्धार


शिवा तामाङ
काठमाडौँ, साउन २२ गते । सिन्धुपाल्चोक पाँचपोखरी थामपालथाप वडा–६ निवासी गर्भवती पासाङ लामाको हवाई उद्धार गरिएको छ ।
उक्त स्थानमा हालै ठूलो पहिरो गएकोले बाटोघाटोको असुविधा छ ।

यसैबीच, लामालाई प्रसव  पीडा भएपछि बिहीबार उद्धार गरी थापाथलीस्थित परोपकार तथा स्त्री रोग अस्पताल ल्याईएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत ३४ वर्षिया गर्भवती लामाको उद्धार गरिएको हाे ।

राष्ट्रिपति महिला उत्थान कार्यक्रम इकाई प्रमुख अन्जु ढुङ्गानाले जानकारी दिनुभयो हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाइ उद्धार सम्बन्धि कार्यविधि २०७५ बमोजिम उद्दार हुँदै आएको छ ।
यस कार्यक्रमको माध्यमबाट नेपालका दुर्गम तथा पहाडी भेगका हालसम्म एकसय १९ जना गर्भवती एवं सुत्केरीको उद्धार भएको प्रमुख ढुङ्गानाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?