logo
२०८१ बैशाख ८ शनिवार



मिनबहादुर भामको ‘चिसो वर्ष’ फिल्मको पटकथालाई एक करोड पुरस्कार

कला |


मिनबहादुर भामको ‘चिसो वर्ष’ फिल्मको पटकथालाई एक करोड पुरस्कार


गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ७ गते । चलचित्रकर्मी मिनबहादुर भामलाई टर्कीको ‘टुवेल्भ पुन्टो स्क्रिप्ट ल्याब’ले नयाँ चलचित्र निर्माणको लागि पुरस्कार प्रदान गरिएको छ ।

आफ्नो नयाँ चलचित्रको पटकथा ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड)का लागि पचहत्तर हजार यूरो (एक करोड ३ लाख रुपियाँ) बराबरको पुरस्कार प्रदान गरिएको हो ।
नेपाल र टर्कीको सहनिर्माण रहने चलचित्रले एक तिब्बती महिलाले श्रीमान खोज्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गरिएको छ ।

चिसो वर्षको छायाङ्कन २०२० को अप्रिलबाट शुरु हुने भनिएपनि विश्वमा फैलिएको कोरोना महामारीको कारणले अर्को वर्षको सुरुवातमा गर्ने निर्माण पक्षले जनाइएको छ ।

’चिसो वर्ष’ २०७४ सालमा घोषणा भएको थियो । चलचित्रले जितेको यो पहिलो पहिलो अन्तर्राष्ट्रिय पुरस्कार भने होइन । यसअघि पेरिसमा भइरहेको ७२ औँ कान्स फिल्म फेस्टिभलमा निर्माणाधीन नेपाली फिल्म द इयर अफ कोल्ड ’चिसो वर्ष’ पुरस्कृत भएको थियो छ । विश्वभरका ५२ फिल्मकर्मीले दिएको परियोजनामध्ये छ फिल्मले नर्वेजियन सरफन्ड प्राप्त गरेको थियो ।

यसअघि सन् २०१९ मा पेरिसमा आयोजित ७२ औँ कान्स फिल्म फेस्टिभलमा चिसो वर्षले ६० हजार अमेरिकी डलर बराबरको नर्वेजियन सरफन्ड प्राप्त ग-यो । सन् २०१८ मा स्वीटजरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा छ हजार युरो जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?