logo
२०८० चैत्र १६ शुक्रवार

 म्याग्दी पहिरो अपडेट 



मृतक सङ्ख्या ११ पुग्याे, २२ बेपत्ता, ३५ घरमा क्षति, बेलीब्रिज बगायो

पढ्नै पर्ने |


मृतक सङ्ख्या ११ पुग्याे, २२ बेपत्ता, ३५ घरमा क्षति, बेलीब्रिज बगायो


अमृतप्रसाद पौडेल
बेनी, असार २६ गते । हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा बाढी पहिरोबाट ११ जनाको मृत्यु भएको छ, २२ जना पहिरोमा परी सम्पर्कविहीन भएका छन् । पहिराेका कारण ३५ वटा घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका–७ बिममा आठ जना र रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा एक जना गरी ११ जनाको मृत्यु भएको छ ।  पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६ मराङमा पहिरोका कारणले २१ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । त्यसैगरी मङ्गला गाउँपालिका र मालिका गाउँपालिकाको सीमानामा रहेको दुखु खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । उहाँका अनुसार धौलागिरी गाउँपालिका मराङमा २० घर, ताकममा पाँच घर, मालिका गाउँपालिका–७ बिममा १० घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी किरणजङ्ग कुँवरका अनुसार घटनास्थलतर्फ प्रहरी टोली परिचालन भएको भएपनि पूर्ण विवरण भने आइसकेको छैन । त्यस्तै बेनी-जोमसोम सडक खण्डको गलेश्वरस्थित राहुघाट नदिमाथिको बेलीब्रिज राहुघाट नदीको कटानले पूर्णरुपमा क्षतिग्रस्त भएको प्रजिअ ढकालले बताउनुभयो । ढकालका अनुसार सबै क्षेत्रम सुरक्षाकर्मी परिचालन गरिएको छ ।

याे पनि पढ्नुहाेस्

 वर्षाले म्याग्दीमा क्षतिः २० जना सम्पर्कविहीन, बेलिब्रिज बगायो

अहिले पानी पर्न केही कम भए पनि बाढी पहिराे घटिसकेको छैन । बेनी जोमसोम सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । बेनी नगरपालिका–९, गलेश्वरस्थित पुल बगेकाे छ ।  त्यस क्षेत्रका २९ घरधुरीका ८५ जनालाई सुरक्षित स्थलमा सारिएको छ । जिल्लाभरबाटै घटनाको विवरण सङ्कलन जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताउनुभयो ।

सम्बन्धित समाचार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?