logo
२०८१ बैशाख ८ शनिवार



नखाएको विष (कथा)

कला |


नखाएको विष (कथा)


बिन्दु अधिकारी ढकाल

यति चा“डै वर्षहरू बिते । मिथुना यकिनै गर्न सक्दिनन् । समयको बहावमा कस्ता कस्ता दिन आए र गए... । अचम्मै खुसी ! थुप्रिनु थुप्रेर भरिए कैयौँ
रङ्गीन ‘बेलुन’रूपी थैलाहरू । जो आफ्नै निम्ति पनि कम्ती किम्ति लाग्थेनन् । जीवनको ‘मेरुदण्ड’झैँ । घरको दलिन । मझेरीदेखि आ“गन । र, त्या“भन्दा अनन्त । चराचर जगतमा प्राणपखेरु रहेसम्म । तर फेरि त्यही खुसीले डस्न थाल्दा... । समयको बहाव ‘निल्नु न ओकल्नु’त भयो । तर खाएको भए पो, हुन्थ्यो त्यो विष... !
हतपत ज्यान उठ्नै सकेन । मुडेबल काम केही नगरे पनि । दुख्नु दुख्यो मसल । कतै छुनै नहुने गरी । मानौँ नकापधारीको धारिलो हतियारले छप्क्याएर छिद्रछिद्र बनाएको छ । सम्पूर्ण अङ्ग प्रत्याङ्ग नै तर होइन । पटक्कै होइन । जिउमा त कतै निलडाम वा चोटपटकसम्म केही थिएन... । तर समयको बहाव कसलाई पो थाहा हु“दोरहेछ र भोलिको कुरा ? मान्छे ! ईष्र्या, डाहा, घमण्ड, वैमनस्य ल्याउ“दा रहेछन् । दुस्मनबाट हैन । ‘आफ्नै भित्र ‘बाट सारा... सुखी सम्पन्न भईकन पनि समृद्ध हुन नसक्नु... ? मिथुना यकिनै गर्न सक्दिनन्, ऊबेला काठमाडौँमा एक झलक... ।
त्यसबेला मिथुना उपत्यका छिर्दा, उनको भर्खर बिहे भाएको थियो । बल्ल त स्कुल सकेर दुई वर्ष कलेज पढ्दै थिइन् । तर अचानक उल्टियो परिवेश ! ‘इच्छा छैन’ भनेर पन्छिन्, नाइनास्ती गर्न पनि दिएन घरको वातावरणले । बरियातै आइसकेपछि त आफू जन्मेको घर, तातेताते हुर्केर खेलेको आ“गन । प्रियजन सर्कल सबै सबै त्यागेर टाढिनु प¥यो, गुथेर घुम्टी । अर्कैकी भएर... ।
प्रत्येक साल दसैँमा टीका–जमरा लाइदिँदै बुबाले भन्नुहुन्थ्यो, ‘नवदुर्गा भवानीको प्रसाद लगाई छोरीलाई रोग भन्ने कहिल्यै नलागोस् । धेरै पढेको ज्वाइँलाई कन्यादान गर्न पाइयोस्... ।’ सा“चै, बुबाको ‘आशिर वचन’ पढेको जागिरे केटास“ग नै मिथुनाको लगनगा“ठो कसिएपछि, एक्लियो गाउ“को त्यो गोरेटो बाटो । मितेरी साइनो टुटेसरह...!
देशको राजधानी ‘काठमाडौँ’ भनेर मिथुनालाई कहिलेदेखि अक्कल भो ? हुन त पहिल्यै एक जमाना बुबाको पछि लागेकी थिइन् नेपाल जाने भनेर । राजधानीबाट फर्किंदा पशुपतिनाथको फूलप्रसाद किन्दा आमाका लागि चुरा पनि किनेकी थिइन् । हो नि, त्यसबेला हामी कक्षा ३ मा पढ्थ्यौँ । दसैँ आउनेबेला साथीहरू मिलेर हटिया धाउँथ्यौँ । घरदेखि पा“च घण्टाको पैदल बाटो । त्यो पनि चुरा लाउनै भनेर । वर्षको एक चोटि... ।
समयको पावन्दी, बिहेपछि मिथुना काठमाडौँ त पुगिन् । तर विरानो त्यस सहरमा धरहराझैँ अग्ला–अग्ला घरहरू देखेर त झन्, छक्कै परिन् । बाटोघाटो जता हेर्दा पनि उही, उस्तै... । किरिङमिरिङ लाग्थ्यो सडक । सानोमा बुबास“ग हिँडेको याद भन्नु त पशुपतिनाथबाहेक रहेनछ, अरू हेक्का । समयको अन्तरालस“गै फेरिएको दैनिकीमा भेटिएका ती घुम्ती मोडहरू छिचोलिएलान् कि, असहज, असरल्लै भइरहलान्... ? तत्काल मिथुनास“ग कुनै जवाफ थिएन । श्रीमान् सरकारी मान्छे हुनुको तात्पर्य, उनलाई डिउटी नै सबथोक थियो । तबै त बिहान झिसमिसजसो हिँडेर आधा रातमा मात्र फर्किन्थे बासस्थान । मिथुना एक्लै कहा“ जाऊन् ? कसरी पुगून् ? कुन स्रोत फिरून् ? न कसैलाई चिनेको थियो । न कसैले चिन्थे । त्यो ठूलो ठाउ“मा । विशाल सहरमा । त्यस जमाना न मोबाइल फोन थियो, न इन्टरनेट । ल्यान्डलाइन पनि सीमित मात्रै हुन्थे । खासखास मान्छेका घरमा ।
ठूलो सहर झट्ट सुन्दाखेरी त नामै काफी ! सबै थोकबाट सम्पन्न जस्तो । तर आफन्तको नाउ“मा एउटा
‘चरोमुसो’ पनि नहुनु, नभेट्नु कत्रो बिडम्बना ! जहा“ आफ्नोपन छैन । भौतिक सुखसुविधा, के अर्थ ? काठमाडौँको अर्को अनौठो विशेषता । वल्लो घरले पल्लो घर नचिन्नु । त्यस्तो पनि हुन्छ र मानवीय काइदा ? मिथुना चौपट्ट निस्ताउनुमा खाली–खाली लाग्ने एक्लोपनको अँध्यारो त थियो नै । जन्मघरको याद ? त्यो पनि हुन सक्थ्यो अर्को अकाट्य ओखती । हुन त मान्छेको जीवन । जसो ग¥यो उसै– उता विदेश पुगेकाहरू दस नङ्ग्रा खियाउँदै कसरी टिक्दा हुन् ? बाउ पट्टि न आमा... । बाजे न बराजु... !
समयको बहावस“गै राजधानी छिर्ने मान्छेको भीड... ! लावालस्कर त्यही ता“तीमा बसाइ सरेर आए घरतर्फका परिवारजन । ‘समुन्द्रमा घैला पानी’ मिसिएजस्तै...। यद्यपि मिथुना भने अझै पनि एक्लै थिइन् । माइती पक्ष कसैलाई नदेख्दा, नभेट्दा... । साइत उनलाई त्यसबेला मात्र जु¥यो जब पहिल्याइन् आमाका दाजु, मामालाई । आमाको बिहेभन्दा पनि पहिलादेखि काठमाडौँ बासी रे । उही खाल्डोमा भान्जीलाई पनि भेट्दा मामा पनि हर्षित भए । पुरानो संस्कारी मान्छे भएर हो वा स्वभावै त्यस्तो । मामाको खरोबानीस“ग मिथुना डराउथिन्... । घरिघरि त्यस्तो लागे पनि तर माइतीसमान मावली, बुबाआमा समान मामामाइजू र भाइबैनी पनि भेटेपछि त पाइला पाइला दङ्ग थिइन् । यस्तो, यत्रो अन्जान सहरमा आफ्ना भनेर चिनाउन पाउनु कम्ता गर्व महसुस हुन्थेन !
सा“च्चै हो पनि । त्यसबेला तीजको माहोल थियो । मिथुनाको काखेबालक त्यस्तै पा“च महिनाको हु“दो हो । भान्जी र नातिनी गाडीमा हाल्दै मामाले भने, ‘केही दिन बस्छन्, उतै मामाघर । तीज सकिएपछि ल्याइदिउ“ला... ।’ बुबाले गर्ने काम । मामा स्वयं उपस्थित भएपछि घरका कसैस“ग मिथुनाले केही भन्नै परेन । दिनभरि खेलेर खाएको बच्चा तर सुत्ने बेला रोयो । आमाको दूधसम्म नखाएपछि राति नै बच्चालाई डाक्टर कहा“ पु¥याउनु प¥यो । बरु मिथुना निदाइन् त्यसरात । तर माइजू निदाउनु भएन । भोलि उज्यालो हु“दा नहु“दा अफिस दौडिनुपर्ने मानिस ।
बिहेपछि मिथुनाले पढाइ छाडेकोमा मामाको बेजोड गुनासो थियो । ‘पढ नत्र दुःख पाइन्छ, भविष्य सोच्नु पर्दैन...? बिहे, घर, बच्चा हुन्छन् सबैका । प्रकृतिको नियम हो । कसले सक्ला र बदल्न ? हाम्रा पनि थिए साना छोराछोरी । गाह्रो साह्रो सबै थाहा छ । ऊ हेर माइजू, त्यै छ । घर हेर्दै, छोराछोरी बेहोर्दै पढे र पास गरेकी हुन्, लोकसेवा आयोग । ला... खा... भनेर नत्र कसले दिन्थ्यो जागिर ? खोइ, खाने मुखलाई जुँगाले छेक्या...?’ उमेरअनुसार कामको पाटो मिथुनालाई पनि थाहा थियो । तर जहा“सम्म मामाको कुरा । ‘लहरामा लरक्क फलेको काँक्रो । फूल नझर्दै कड्याम कड्याम...’ चपाएपछि के हुन्छ, त्यसको हालत ? कठै हाम्रा चेली ! हाम्रो नेपाली समाजको बाध्यता  ।
आफ्नो मावल । परिवारस“ग रगतको नाता त थियो नै । भावनात्मक रूपमा पनि सम्बन्ध अर्थपूर्ण किसिमले अघि बढिरहेको थियो । तबै त, तोते बोलीकै भाका हालेर एक दिन छोराले भन्यो, ‘ममु ! आज त दै...न हौँ मामा घल । त्या“ न‘गको कति भो । मामाघलको आमाले पकाको ‘मासुमाम’ कति मि...थो...हुन्च ।’ छोराको कुरा सुनेर मिथुनाले भनिन्, ‘त्यो त मेरो पो मामाघर । बाबुको मामाघर पुग्न त गाडी चढेर जानुपर्छ, पर... ।’ मिथुनाको कुरा टिप्पा खेलाउँदै ‘मामु नोती, झुतो बोल्ने छँग कोही पनि नमिलौँ र नखेलौँ पनि हछ... ।’ उसको बालसुलभ देखेर त मिथुनाको परिवार ‘गलल्ल’ हा“सेका थिए ।
त्यसबेला मामा जागिरबाट अवकास भइसकेका थिए । छोराछोरी पनि थिएनन्, देशमा । कक्षा १२ सक्दा नसक्दै विदेश पलायनको नियतले गर्दा आफूहरूले पनि ‘यात्रा गर्नुपर्ने’ सङ्केत । एक दिन सुटुक्क माइजूले भन्नुभा‘थ्यो । भिसा प्रक्रियामा ‘खटेर नसक्नु झन्झट रहेछ’ मामाले भने दिक्दारी व्यक्त गरे । के हो विदेश यात्रा ? ‘न बाउ गा‘थे न बाजे... ।’ र, आफूलाई पनि उति साह्रो मन न‘भाको विषय । खैरेको देश पुग्न ‘नजान्ने गाउ“को बाटो’ भनेझैँ... । मिथुनालाई भने कुनै उत्साह नै थिएन ।
यात्राको रन्को सुरु हुनुभन्दा केही समय अगाडि । दुई परिवार मिलेर बराबर दामासाही (संयुक्त लगानी)मा कतै घडेरी किन्ने कुरा भो । कुराको चुरो ‘चर्चा’ मात्र हैन । ढिलो नगरी । चाहेको ठाउ“मा माटो मन परेपछि ‘बैना न सैना’ एकैचोटि पास भो जग्गा । ठह¥याएर किनेको सो कित्ताको भविष्य भनेको ‘मूल्य बढेपछि बिक्री गर्ने’ भन्ने स्पष्ट सल्लाह थियो ।
काठमाडौँमा त्यसताका घरजग्गा किनबेचको माहोल पहिलाको तुलनामा घट्नु घट्यो । त्यसमाथि २०७२ सालको महाभूकम्पले गर्दा त झनै पो ठप्प भो । त्यो कालो दिनले जनधनको यति क्षति ग¥यो, आकलनै गर्न नसक्ने गरी ‘दुनियाँको दुर्गति’ बनायो । सात दशमलव नौ रेक्टरको मच्चाइले नै त हो काठमाडौँको शिर धरहरा पनि तीन टुक्रा भो । हजारौँले प्राण त्यागे भने कैयौँ बेपत्ता भए । सहाराविहीन र अङ्गभङ्ग त झन् कति भए कति । त्यस्तो बेला मान्छेलाई घर, घडेरी अथवा सम्पत्तिको मोहभन्दा पनि ज्यानको मायाले पिरोल्नु
पिरोलो । जसको कारण भएको एउटा घर पनि लथालिङ्ग छाडेर मानिसहरू लाखापाखा लागे ।
दुनियाँ दुःखेको त्यहीबेला मामालाई भने ‘जग्गा बेचौँ’ भन्ने हुटहुटी सुरु भो । मानिसको अर्बौंअर्ब त नास भएको समयमा ‘संयुक्त घडेरी’ त्यति ठूलो आकारको थिएन । पैसाको हिसाब र जग्गै पनि । तर बोलेपछि हुनैपर्ने, गर्नैपर्ने र पुग्नैपर्ने भन्ने खालको सोच । मामाको कर्करे व्यवहारले गर्दा धुमिराको मन डरायो । के गरौँ र कसो गरौँ भनेर भित्रभित्र खुब छट्पटाइन् उनी । हुन त त्यो घडेरी धुमिराले नै बेच्नुपर्छ भन्ने कर पनि थिएन । दुई पक्षमध्ये जसको माध्यमबाट ग्राहक आए पनि ‘दामअनुसारको काम’भए हुन्छ भनेर त । संयुक्त सल्लाहमै जग्गाको मूल्यसमेत तोकिएको थियो ।
पूर्व सल्लाहअनुसार एक दिन मिथुनाले मामालाई फोन गरिन् । अर्जेन्ट बात, बिक्री गर्ने भनेको घडेरीको बैना छिनेको र मिति तोकेर पास गर्ने सम्बन्धमा । कुरा सुरु मात्र के गरेकी थिइन्, झ्याप्पै फोन काटियो । मतलव फोन राखियो... । पुनः डायल गर्दा मामाले भने, ‘म घडेरी बेच्दिनँ ।’ माइजूस“गको फोन वार्ता पनि पूरै बाइपास... ! जमिनमा आएको भुइ“चालो त के भुइ“चालो थियो । तर कुरा सुनेर मिथुनाको शरीर नै कम्पयमान भयो ।
दैनिकजसो हुने फोन वार्तामा सधैँ झगडा... । उही, त्यही माहोल बीच पास गर्ने दिन पनि नजिकिँदै थियो । जति बढेको थियो मामाको दम्भ । त्यो तुलनामा तर जग्गाको (भाउ) मूल्य बढेन । यद्यपि बेच्नै पर्ने भएपछि अन्य कुरा वास्ता नगरी मिथुनाले ‘आफूले कुनै जालझेल’ नगरेको बात कसमै खाएर सुनाउ“दा पनि तर मामाको चित्त बुझउ“नै सकिनन् । फेरि मिथुना छलकपटे स्वभावकी भए पनि त केही बठ्याइँ भयो कि, शङ्का गर्नु हदसंवत हुन्थ्यो । त्यसबारेमा त उनलाई ‘गाई प्राणी’भन्दा फरक पर्थेन ।
अन्ततः बराबर लगानीले निम्त्याएको स्थिति । सगोलपुर्जा माइजू–भान्जीको नाउ“मा बनेको भएपछि त स्वयंहरू उपस्थित नभई जग्गा अर्काको नाउ“मा सर्दैनथ्यो जो–जो हकवाला हो । भूमिको नापोअनुसार कर मालपोत लगायत तिर्ने, बुझाउने रकम अथवा अन्य प्रक्रिया । के गर्ने, कसो गर्ने भन्ने सम्बन्धमा तर माइजू ‘चुइँक्क नबोली’ उपस्थित हुनुहुन्थ्यो । अड्डाको एकातर्फी भागमा । लिनेदिने काम सन्नटामै सकियो । आफ्नो भागमा आएको रकमभन्दा एक पैसा पनि तलमाथि त के । घर फिर्दा लागेको ट्याक्सी भाडासमेत मिथुनाले नै बेहोरिन् । जहा“ आफ्नोभन्दा जमानको डर थियो । हिँडिरहेको बाटोमा चिचिपापाको लोभभन्दा पनि ‘नाताको भर’ थियो । त्यही बाटोमा तर समयले यसरी टुटायो कि सीधा नजर अश्रुधारा नरोकिभएपछि । बेस्सरी मुठी कसेर चुपचाप–चुपचाप अघि बढ्ने बाटोस“ग यति चाहि“ फ्याट्ट भन्न आएछ मिथुनालाई, ‘नखाएको विष’ले कसरी पोल्ला त ?


धनकुटा, हाल : काठमाडौँ

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?