logo
२०८१ बैशाख ८ शनिवार



‘मायाको सागरमा’ गीति एल्बमको विश्व रेकर्ड

कला |


‘मायाको सागरमा’ गीति एल्बमको विश्व रेकर्ड


गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २१ गते । गीतकार डा. डीआर उपाध्यायले ‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर विश्व रेकर्ड राख्नुभएको छ ।
सो एल्बमको गीत नेपाली, हिन्दी, चिनियाँ, जापानी, अङ्ग्रेजी, रसियाली, कोरियाली, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारिएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’को प्रमाण पत्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले गीतकार डा. उपाध्यायलाई हस्तान्तरण गर्नुभएको थियो ।
गीतकार उपाध्यायले समाजका लागि र आत्मसन्तुष्टिका लागि गीत लेख्ने गरेको जानकारी दिँदै आफूले रेकर्ड, पुरस्कार र अवार्डका लागि गीत नलेखेको बताउनुभयो ।

गीत लेखेर एकपछि अर्को कीर्तिमान कायम गरेका डा. उपाध्यायले वर्ल्ड बुक्स अफ अमेरिका, अष्ट्रेलिया, लण्डनलगायत विभिन्न देशबाट विश्व रेकर्डको प्रमाणपत्र प्राप्त गरिसक्नुभयो ।
उहाँको १९ वटा गीति एल्वमका सयौँ गीत सार्वजनिक भइसकेका छन् भने दश उपन्यास पाठकमाझ आइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?