logo
२०८१ बैशाख १३ बिहीवार



भोक (कथा)

कला |


भोक (कथा)


 होमशङ्कर बास्तोला

रातको करिब साढे नौ बजेको हुनुपर्छ, पानी झमझम परिरहेको थियो । सगरबाट पिच सडकमा परेका पानीका थोपाहरू छिर्काछिर्का भएर भलमा परिणत भएका थिए । सडकको छेउमै एउटा प्रहरी बिट थियो । दर्के झरी परिरहेको बेला प्रहरीको एउटा सिपाही पहरा दिइरहेको थियो । सडकको पश्चिमपट्टि एउटा सानो पिपलको रूख र चौतारो थियो । आकाशबाट झरेका पानीका थोपाका पिटाइले पिपलका पातहरू प्याटप्याट प्याटप्याट बजिरहेका थिए । रात छिप्पिँदै गएको र पानी परिरहेकाले सडकमा मान्छेको आवतजावत शून्यप्रायः थियो ।
पहरा दिइरहेको सिपाहीले सुरक्षा बिटबाट पश्चिमपट्टि रहेको पिपलको बोटमा कल्याङमल्याङ गरेको सुन्यो । चुक पोखेझैँ अँध्यारो रातमा सडकको छेउमा गाडेको खम्बामा झुन्ड्याएको बत्तीबाट मधुरो मधुरो प्रकाशले सडक अलिअलि देखिएको थियो । पिपलको छाहारीमुनि कल्याङमल्याङ सुनेर त्यो सिपाहीले एकछिन नियालेर हे¥यो । उसले दुई जना मानिसको आकृति प्रस्ट देख्यो । त्यसबीच एक अर्काले हात तानातान गर्दै थिए । सिपाहीले दुईबीच कुनै विषयमा झगडा प¥यो कि भन्ने सोच्यो । पानी ठूलै परेकाले त्यहाँ जान पूरै भिजिने सम्भावना थियो । तर जोडजोडले हात तानातान गरेकाले कुनै ठूलो मानवीय घटना हुनसक्ला भन्ने सोचेर सिपाही कोठाको भित्तामा
ठड्याएको छाता दाहिने हातले झिक्यो र छाता ओडेर सडक छेउमा आयो । सडक छेउको नाली पानीले पूरै भरिएको थियो । उसले आफूले लगाएको पेन्ट घुँडासम्म आउने गरी दोबा¥यो र मान्छेको आकृतितिर नियाल्यो । उसले अझै दुई जना मान्छे धकेलाधकेल गरेको देख्यो । ती महिला वा पुरुष को थिए उसले छुट्याउन सकेको थिएन । ऊ सरासर पिपलको बोट नजिक गयो । त्यहाँ एउटा सानो चौतारो थियो । पिपललाई वरिपरि चौतारो बनाएर घेरेको थियो । त्यो बसमा चढ्न आउने यात्रुका लागि बिसाउनी थियो । सार्वजनिक ठूला सवारी साधनहरू त्यही स्टेसनमा यात्रुहरूलाई ओराल्ने र चढाउने गर्थे । पिपलको छहारीबाट पूर्व फर्केर हेर्दा पूरै काँडेतारले घेरिएको भवनको माथिल्लो भाग मात्र देखिन्थ्यो । पर्खालले घेरिएकाले त्यति थोरै देखिएको हो । त्यस भवनको उत्तरपट्टि अग्लो पानी
ट्याङ्की थियो । त्यसको फेदैमा बैङ्क थियो जहाँ दैनिक नगद जम्मा गर्ने र निकाल्ने भिड नै लाग्ने गथ्र्यो ।
सिपाही कुनै घटना हुनसक्ने सम्भावना देखेर मानवीय सुरक्षाका लागि आफ्नो सङ्गठनको कर्तव्य सम्झेर त्यहाँ गएको थियो । ऊ त्यहाँ पुग्दा नपुग्दै धकेलाधकेल गर्दै गरेका मानिस हड्बडाए । त्यहाँ एकजना महिला र एकजना पुरुष थिए । ऊ पिपलको चौतारोमा पुग्नै लाग्दा पुरुष महिलाले समाएको हात जबरजस्ती खुस्काएर कुलेलम ठोक्यो ।
‘ए पख पख ! किन भाग्दै छस् ? ठोकिदिऊँ !’ सिपाही कम्मरतिर हात लाएर चिच्यायो । तर त्यो पुरुष पछि नहेरी दौडियो । सिपाहीले कम्मरमा भिरेको पेस्तोल निकालेर देखायो । एउटा हातले भने छाता ओढेको थियो ।
‘ए, ए, पुलिस दाइ ! केही नगर्नोस् उसलाई । उसको केही दोष छैन । एक दिन त कसो नपग्लिएला र ?’ उसले अलिकति मुस्कुराएर झिनो स्वरमा भनी ।
पुलिस आउँदा पनि ऊ अत्तालिएकी थिइन । त्यसमाथि प्रहरीले पेस्तोल देखाउँदा झन् अत्तालिनुपर्ने हो, अँ हँ रत्तिभर अत्तालिइन । न डराएकी थिई । तर ऊ निथु्रक्क पानीले भिजेकी थिई । उसले लगाएका सम्पूर्ण लुगा पानीले भिजेकाले शरीरमा ट्याप्प टाँसिएका थिए । त्यस अवस्थामा उसलाई पुलिसले देख्दा निकै आकर्षक देखिएकी र शरीरमा मादकताले भरिएको देखिएको थियो ।
‘यो मध्यरातमा पिपलको फेदमा के तमासा हो ? यो चौतारो बाहेक कुनै स्थान देखेनौँ उन्माद पोख्ने ठाउँ । के सार्वजनिक स्थानमा खुल्लमखुल्ला... ?’ सिपाही अलि कडा स्वरमा बोल्यो ।
‘हो नि पुलिस दाइ आफ्नो मान्छेलाई भेट्न खोजेको त हो नि ?’ युवती अलि बढी नै मुस्कुराई ।
‘भेट्न अरू ठाउँ पाइनौ ? यो अँधेरी रातमा नै किन भेट गर्नुप¥यो ?’ सिपाही युवतीलाई हेरेर बोल्यो ।
‘कहाँ भेट्ने त ? भेट्ने ठाउँ हुनुप¥यो नि !’ युवतीले सिपाहीलाई उत्तेजित नेत्रले हेरी ।
‘हो, हो, निकै बैँस चढेजस्तो छ नि ? च्व... च्व...!’ सिपाही मुस्कुराउँदै लाडिएको स्वरमा बोल्यो ।
उसले भन्ने मौका पाइहाली र भनी, ‘हेर्नोस् पुलिस दाइ, मान्छेको उन्माद पोख्ने समय भनेकै यही रात हो । यो रातमा कति मानिसहरू उन्माद पोखेर शिथिल बनेका होलान् । यो हाम्रो व्यक्तिगत मामिला हो ।’ उसले नरम तर अलि हाँसेर भनी । युवती पुलिस देखेर डराउनुपर्ने हो तर डराएकी थिइन् ।
‘सार्वजनिक स्थलमा जोजोले अँगालो मारेर बस्छन्, त्यसको हामीले टुलुटुलु हेरेर मात्र बस्नु । को हो त्यो भाग्ने ?’ उसले थर्काएर सोध्यो ।
‘त्यसबारे सबै भनुँला सर । तर तपार्इंको आवेगमा कमी आउनुप¥यो । फेरि पुलिसको के विश्वास हुन्छ ? पानी परिरहेको छ । पानीले भिजेर सबै हिलै छ । म भिजेर हिलै भएकी छु । तपाईंले मेरो अवस्था देखिरहनु भएकै त छ यो चिसो रातमा । यो अवस्थामा आदेश होइन सहयोग चाहिएको हो,’ ऊ मायालु पारामा बोली ।
सिपाहीले उसलाई पूरै नियालेर हे¥यो । उसको चेहरा अत्यन्त सुन्दर थियो । शिरबाट झरेका केशहरू छातीभन्दा तलतल झरेका थिए । पानीले भिजेका कपडाहरू उसको शरीरमा टाँसिएका थिए । उसले लगाएको पातलो तर जिलजिल देखिने कुर्थाबाट पानीका थोपाहरू सिञ्चित हुँदै तप्पतप्प खुट्टामा झरिरहेका थिए । छाती टक्क उठेको थियो । ओठ र गाला राताराता थिए । अनुहार पूरै उत्तेजित थियो ।
सिपाही आश्चर्य मानेर हेरिरहेको थियो । उसले एक टकले हेरिरहेकाले युवतीले अलिकति मुस्कुराएर भनी, ‘साह्रै गडिएर पो हेर्नुभो त सर ? यसो हजुरको छातामा ओत लागेर यो वर्षाको पानीलाई आफ्नो शरीरबाट अलग्याउन पाए हुन्थ्यो कि ?’
उसको बोलीले सिपाही झस्कियो । अनि उसले भन्यो, ‘बहिनी तिम्रो वास्तविक समस्या के हो ? आऊ, पुलिस बिटमै गएर गफ गरौँ । यहाँ धेरै उभिदा छाताबाट समेत पानी छिरेर भिज्न सकिन्छ ।’
दुवै छाता ओढेर पुलिस बिटतिर लागँे । ‘आहा ! म त पानीले भिजँे । के आफू मात्र छाता ओढेको ?’ भन्दै युवतीले एक हातले सिपाहीको कम्मरमा समाएर अर्को हातले छाताको डाँठमा समाई । उसले त्यसरी समात्दा सिपाहीको हृदय अलिकति तरङ्गित भएको थियो । उसले त्यतिखेर सोचेको होे, ‘एउटी महिलालाई परेको समस्या समाधान गर्नुपर्ने म पुलिस ऊप्रति झनै आशक्त हुनुहुँदैन । सुरक्षा गर्नेले आवेगमा आएर कुनै काम गर्नु गलत हो । फेरि यस आइमाईले भोलि अफिसमा सिकायत गरी भने जागिर पनि कहाँ बाँकी रहन्छ र ! यस माने तँ सतर्क हो ?’
‘के सोच्नुभएको सर तपाईंले ? धेरै लाज मान्नुपर्दैन सर !’ सिपाहीको अनुहारतिर हेरेर युुवतीले झस्काई । युवतीले सिपाहीको ढाडमा फेरो मार्ने गरी समाएको हात तानेर छुटायो । हिलाम्मे सडक पार गरेर पुलिस बिटमा पुग्दासम्म उसले पाँचपल्ट कडै गरी समाएका हात छुटाएको थियो ।
त्यतिखेरसम्म रातको दस बजेको हुनुपर्छ । पानी झमझम परिरहेको थियो । पानी परेकाले सडक पूरै सुनसान थियो । आकाशबाट गर्जेको चट्याङले बिजुली चम्केर सडक बत्तीले नदेखेको वातावरण पूरै उज्यालो देखिन्थ्यो र झ्याप्प निभ्थ्यो ।
‘भन बहिनी, तिमी त्यस पिपलको फेदमा कोसँग थियौ ?’
‘जोसँग भए पनि तपाईंलाई के खाँचो प¥यो र ? त्यो मेरो स्वतन्त्रता हो । मैले प्रहरीमा गुनासो नगरीकन यसबारे किन सोध्नुप¥यो ?’ युवतीले सिपाहीलाई अलि तिखो जवाफ दिई ।
‘प्रहरीको डिउटी भनेको जिउधनको सुरक्षा गर्नु हो । दुई जना लडाइँ गरेझैँ देखेर म गएको हुँ । तर त्यो युवक थियो । किन ऊ म त्यहाँ पुग्न नपाउँदै भाग्यो ? के प्रहरीलाई अपराधको बारेमा केही बुझ्ने अधिकार हँुदैन ?’
‘हुन्छ किन नहुनु ? यी म भिजेर मेरो जिउ चिसोले नोक्सान हुन लागेको छ । साँच्चै, तपाईं जिउधनको सुरक्षा गर्ने हो भने मेरो पनि गर्नुप¥यो,’ उसले अलि मात्तिएको स्वरमा भनी ।
‘तिमीले भन्न के खोजेको ?’ पुलिसले सोध्यो ?
‘तपाईं बुझेर पनि बुझ पचाइरहनुभएको छ । यी हेर्नोस् म भिजेर लखतरान छु । फेर्ने केही कपडा भए दिनुप¥यो, त्यसपछि मेरा कुरा पनि सुनिदिनु प¥यो ।’
‘यस्तो मध्यरातमा एउटा पुलिस र युवती त्यसमाथि डिउटीको समयमा । सिपाहीले डिउटी गरेको छ कि छैन भनेर कुनै अफिसर चेकिङ गर्न आउँदा यो केटी को हो ? भन्यो भने के भन्ने । फेरि यो केटी कस्ती हो ? यसको नियति त्यति राम्रो छजस्तो लाग्दैन । नचाहिँदा कुरा मात्र गर्छे । यसलाई तत्काल घर पठाइदिनुप¥यो ।’ त्यस्तै सोचेर सिपाहीले भन्यो, ‘बैनी, तिमी यहाँबाट छिटो घर जाऊ । घरमा आमाबुबा पर्खिरहेका होलान् । त्यसमाथि तिमीलाई लुगा फेर्न मसँग दिने त्यस्तो कुनै लुगा छैन । पुरुषका लुगा महिलाले लगाउने कुरा पनि भएन । फेरि यो प्रहरी बिट मात्र हो । डिउटी नभएको समयमा आराम गर्न र लुगा फेर्न मात्र एउटा फाल्तु कोठा छ । तिमी कहाँ जाने हो म तत्काल अरू साथी बोलाएर तिम्रो घरसम्म पु¥याइदिन सहयोग गर्छु ।’
‘सर, हामी जस्ता गाउँबाट आएका सुकुम्बासीको घर कहाँ हुनु र ? हाम्रो रातको घर भन्नु त पैसा कमाउन बनाएका ठूलाठूला होटल र जसले भन्छ उसैका घरका कोठा मात्र हुन् । दिउँसोको घर भनेको चौतारो, सडक, पुलिस स्टेसनहरू नै घर सम्झिनुपर्छ । खै, तपाईंले जिउको सुरक्षा गर्ने कर्तव्य भन्नुभएको होइन । पानीले पूरै निथ्रुक्क भिजेकी छु । पानीको चिसोको पीडाले मलाई कति पोलेको छ । तपाईंसँग कुनै फाल्तु कपडा नभए पनि रुमाल त होला नि ? जिउका कपडा निचोरेर फिर्ता गरिहाल्छु त ।’ युवतीले केशबाट अनुहारमा झरेका पानीका थोपाहरू दाहिने हातले पुछी र टेबुलको छेउमै उभिई ।
सिपाहीसँग लुगा फेरफार गर्न एउटा रुमाल अर्को कोठामा राखेको थियो । उसले ल्याएर दिँदै भन्यो, ‘यो रुमाल लिएर पल्लो कोठामा जाऊ र आफ्ना कपडाहरू निचोर । यही हो मैले तिमीलाई सहयोग गर्न सक्ने कपडा । भए त मेरो पनि नदिऊँ भन्ने कहाँ विचार थियो र ? तिमी यसरी निथ्रुक्क भिजेकी छ्यौ । समस्या परेको अवस्थामा म के सहयोग नगरुँला जस्तो देखिन्छु र ?’
‘अहँ देखिनुहुन्न, देखिनुहुन्न ।’ सिपाहीको नजरमा आँखा जुधाएर मुसुक्क मुस्काउँदै रुमाल बोकेर युवती अर्को कोठामा छिरी ।
दस मिनेटपछि युवती सम्पूर्ण कपडा निचोरेर आई । उसले लगाएका कपडा निचोरेर लगाएकी रहिछ । यतिखेर रुमाल भने कम्मरमा बाँधेकी थिई । ऊ मसक्क मस्कँदै सिपाही नजिक रहेको कुर्सीमा बसेर गफ गर्न थाली ।
‘साप तपाईंलाई भोक लागेन ? मलाई त साह्रै भोक लाग्यो । यहाँ केही खान पाइँदैन ?’ युवतीले यसरी कुरा सुरु गरी ।
सिपाही रजिस्टरमा केके लेखिरहेको थियो । अनुहार आफ्नै लेखनमा एकत्रित पारेर भन्यो, ‘यो राति के पाउँछ र यहाँ ? भन कहाँ जाने हो तिमी ? म यही वाकीटकीबाट साथीहरू बोलाएर अफिसको गाडीमा घर पु¥याउन सहयोग गरुँला ।’
‘हो, हो मलाई सहयोग चाहिएको छ । खानाको सहयोग चाहिएको छ, जानका लागि होइन । के म राम्री छैन र ?’
उसले युवतीतिर पुलुक्क हेरेर भन्यो, ‘कति राम्री
छ्यौ तिमी ! तिम्रो सुन्दरता देखेर कति मान्छे थुक घुटुघुटु निल्छन् होला । त्यही भएर मान्छेले आँखा लगाएका रहेछन्,’ एकटक उसले युवतीको अनुहारमा नजर लगाएर आफ्नै काममा घोत्लियो ।
‘हजुर त कति सुन्दर ! पिउँपिउँ जस्तो अनुहार । एकछिन आनन्दले गफ गरुँ न सर । काम भोलि गरे पनि भयो नि । यस्तो स्वर्णिम चान्स भोलि आँउछ भन्ने के छ र ?’
सिपाहीले कलम रजिस्टरभित्रै राखेर पल्टायो र टेबुलको ¥याकभित्र राख्यो । उसले युवतीलाई हे¥यो । कति सुन्दर छे ? उसको शरीरमा फुलिरहेको सुन्दर बैँस र फक्रिरहेको अनुहारमुनिका फूल आकर्षक लागेर टिपुँटिपँु लागेको त हो तर आवेग थाम्दै उसले आङ तानेर भन्यो, ‘सुन्दर फूलहरूलाई जसले पनि नजर लगाउँछ । तिमी त्यही फूलमध्येकी...!’ उसका कुरा बीचमै काटेर युवतीले भनी, ‘सरका कुरा म के बुझ्न सक्छु र ? हामी गाउँमा जन्मेका अनपढ आमाबाबुका छोराछोरी,’ युवतीले बुझेर पनि बुझपचाएझँै गरी ।
‘तिम्रो सुन्दरता र मादकता देखेर जोकोही पनि पछि लाग्न सक्छन् । त्यही भएर पनि तिमीले विचार पु¥याउनुपर्छ,’ टाउको कन्याउँदै सिपाहीले भन्यो  ।
‘पछि त मैले लाउन खोजेकै हो । अघि पिपलको बोटमा हुँदा भाग्दै गरेको युवक थियो नि, त्यसका बारेमा भन्नै भुलेछु । ऊ मसँगै गाउँमा पढेको साथी हो । हामी साना थियौँ । हामीसित त्यतिखेर शारीरिक भोक त थिएन । तर अन्य भोकहरू मेटाएर हामी सहयोग गथ्र्यौं । हिजो मैले एउटा टेलिफोन डायरी पाएकी थिएँ । त्यही डायरीमा उसको फोन थियो । उसलाई फोन गरेर आज दस बजे यहीँ भेट्न बोलाएकी थिएँ । तर ऊ नमान्दा नमान्दै साँझ साढे आठ बजे बोलाएकी हुँु । तिमी हेन्डसम छौ, सुन्दर छौ । त्यो सुन्दरताको भोक मेरो शरीरले मागिरहेको छ । एक रातका लागि देऊ भनेकी थिएँ । तर ऊ कति गर्दा पनि मानेन । एक हजारको नोट झिकेर दिँदै भनेको थियो, सारु तिमी यस्तो कुरूप काम छाडिदेऊ । तिम्रो लोग्नेले अमेरिकाबाट महिनामा लाख रुपियाँ पठाउँछ । तिमीलाई गाउँमा हुँदा आर्थिक अभाव भए पनि आजभोलि केही दुःख छैन । किन तिमी यस्ती भएकी ? खान पुगेन भने कति चाहिन्छ भन म सहयोग गर्छ‘ । यस्तो निच काम छाड ।’ तर मैले भनेकी थिएँ, ‘गोविन्द, पैसाले मलाई लागेको भोक कहिल्यै मेटिएन । तसर्थ आजको एक रात मलाई देऊ । तिमी मेरो पुरानो साथी भएर म सीधै भनिरहेकी छु । पैसा मसँग नै छ । पैसाका लागि म तिमीलाई भेट्न आएकी हैन । किनेर मेट्ने भोक पनि त होइन नि यो भोक । माया गरेर पाउने भोक म मेट्न चाहन्छु ।’ मैले यति भनेको । ऊ भन्दै थियो, ‘सारु मेरा सारा जिन्दगीका खुसी र दुःखमा पूर्ण साथ दिने मेरी श्रीमतीलाई बाँडेको माया म तिमीलाई कसरी दिन सक्छु ? सरी सारु ! सरी माफ गर ।’ हामीबीच यस्तै गलफत्ती हुँदै थियो । तपार्इं आएपछि उसलाई सजिलो भयो क्यार, मैले समाएको हात खुस्काएर भाग्यो । तर ऊ भागे पनि यो रातको लागि तपाईंलाई त भेटिहालेँ नि । के मेरो इच्छा पूरा गरिदिनुहुन्न त ?’
‘हा, हा, हा,’ ऊ हाँस्यो । प्रहरी बिटमा आएर प्रहरीसँग यस्तो आँट गर्न कसरी सकेको ! के डर पनि लाग्दैन तिमीलाई ?’
‘बाघ, भालु भए पो डराउनु ? सर त मान्छे न हो ! मान्छेदेखि किन डराउनु । तपार्इं त झन् बुझ्ने सिपाही । फेरि तपाईं यति सुन्दर युवक, यो रातलाई हामीले राम्ररी उपयोग गरौँ । भोलिको रात यसैगरी र यिनै घटना लिएर आउँछ भन्ने के छ र ? आऊ ! आऊ !! मेरो भोकलाई मेटाइदेऊ ?’
युवतीको मादकतापूर्ण हेराइ र व्यवहारले सिपाहीको शरीरमा तातोपन सञ्चार हुन थालेको हो । नसाहरूमा यौवनको उन्माद पलाउन र बैँसको मूल फुट्नै आँटेको हो तर ऊ सम्हालियो । उसले सोचेको थियो, ‘युवती भोक पूरा गर्न मागिरहेकी छे । मलाई पनि त भोक जागिरहेछ । स्वेच्छाको भोक हो । म किन नामर्द हुने । फेरि मैले जबरजस्ती गर्न खोजेको पनि त होइन नि !’
उसले युवतीलाईं नियालेर हे¥यो, निचोरेर लगाएका कपडाबाट वक्षस्थल उच्च देखिएको थियो । आँखामा मादकता भरिएर दिनदिनै नमेटिएको भोक प्रस्ट देखिएको थियो । युवतीले सिपाहीसँग आँखा जुध्दा आँखा झिम्क्याएर आफ्नो दाहिने हत्केलामा चुम्बन गरेकी थिई । बाहिर ठूलो पानी रोकिएर सिमसिम परेको र वातावरणले समेत उन्मादता थपिदिएको थियो । सिपाहीले युवतीसँग हात मिलाउन हात बढायो । ‘ओ ! क्या ताता हात’ उसलाई त्यतिखेर करेन्ट लागेझैँ भएको हो । हात मिलाउँदा युवतीले झनै आनन्द मानेकी थिई ।
‘तिमीलाई.. असहज हुँदैन ?’ सिपाही अलि आवेशमा आएर बोल्यो ।
‘के अफ्ठ्यारो हुनु ? अहिले मलाई शरीर भित्रैबाट आगोको ज्वाला निस्किरहेछ । ती ज्वालाहरूलाई शान्त पार्ने हो भने म... प्राप्त गर्नेछु । यतिबेला त्यो करेन्टको प्रवाह मार्न तपाईंले मात्र सक्नुहुन्छ । त्यसर्थ ढिलो नगरौँ आउनोस् भित्र जाऊँ’ युवतीले सिपाहीको हात च्याप्प समाई । त्यसपछि हात समाएर अर्को कोठामा छिरेँ ।
तीन दिनपछि अदालतमा बयान लेख्दै गर्दा गोविन्दले भनेको थियो, ‘सारु अब त तिम्रो भोक मेटियो होला
नि ? लोग्ने एअरपोर्टबाट विदेश उड्यो कि यहाँ श्रीमतीलाई यौवनको भोकले छटपट हुनथाल्छ ।’
पुनः गोविन्दले दुवैलाई नियालेर हे¥यो । सिपाहीले मुखमा मास्क लगाएर छोपेको, सारुले भने सलले अनुहार छोपेर मुन्टो निहुराएकी थिई । गोविन्दले नेपाली कागजको बिट दोबार्दै फेरि भन्यो, ‘तिम्रो भोकले गर्दा मैले समेत झन्डै गोली खाएको थिएँ । त्यही भोकको कारण हो यो सब घटना । सारु साँच्चै अब त तिम्रो भोक मेटियो होला नि, हैन ? लोग्नेले विदेशमा पसिना बगाएर कमाएको सम्पत्ति पनि सिध्याइछ्यौ । हिजो मात्र तिम्रो लोग्ने विदेशबाट आएर यहाँ सम्बन्धविच्छेदको फिराद दर्ता गरेको छ । उसले घर पनि किनेको थियो रे ! त्यो पनि सिध्यायौ होइन ? छ्या ! तिम्रो अनुहार हेर्न पनि मलाई घिन लागिरहेछ ।’
युवती सलवारको फेरले मुख छोपेको छोप्यै उभिरही । सिपाही पनि मुन्टो निहु¥याएर चुपचाप उभिरहेको थियो ।

मधुपर्क असार २०७७

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?