logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना भाइरसबाट विश्वमा तीन लाख ६२ हजार भन्दा बढीको मृत्यु, ५९ लाख सङ्क्रमित

फिचर |
अन्तर्राष्ट्रिय |


कोरोना भाइरसबाट विश्वमा तीन लाख ६२ हजार भन्दा बढीको मृत्यु, ५९ लाख सङ्क्रमित


जेनेभा स्विट्जरल्याण्ड
जेठ १६ गते । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन लाख ६२ हजार ३६८ पुगेको छ । सङ्क्रमितको सङ्ख्या ५९ लाख २० हजार २५८ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।
कोरोना भाइरसको कारण बिरामी भएका २५ लाख ९२ हजार २४ जना निको भएका छन्। । विश्वभरीमा २९ लाख ६५ हजार ८४२ हाल कोरोना भाइरस सङ्क्रमित उपचाररत रहेका छन् । हालसम्म कोरोना भाइरस सङ्क्रमित ५३ हजार ९७१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबेइ प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १७ लाख ६८ हजार ४६१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ३ हजार ३३० व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा ७ लाख ५८ हजार १०७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । ३६ हजार ७४६ को मृत्यु भएको छ । युरोपमा १९ लाख ७९ हजार ११९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने, १ लाख ७१ हजार ८२९ को मृत्यु भएको छ ।
एसियामा १० लाख ५६ हजार ६९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, २९ हजार २२० जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ३१ हजार ७६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ३ हजार ८१४ जनाको मृत्यु भएको छ ।
ओसियानामा ८ हजार ७७४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२५ जनाको मृत्यु भएको छ । । विश्व स्वास्थ्य सङ्गठनले गत मार्च ११ मा कोरोना भाइरसलाई विश्व महामारीको नाम दिइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?