logo
२०८० चैत्र १६ शुक्रवार



कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध

अन्तर्राष्ट्रिय |


कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध


जीवन खत्री

सउल, जेठ १५ गते । मधुमेहको औषधिमा प्रयोग हुने ‘कार्सिनोजिन’ ले क्यान्सर हुने खतरा थपिने भन्दै कार्सिनेजन प्रयोग हुने विभिन्न ३१ प्रकारका औषधिलाई दक्षिण कोरियाले उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

जनस्वास्थ्य निकायका अनुसार ‘कार्सिनोजिन’ मात्रा समावेश भएका औषधि प्रयोगले क्यान्सरको जोखिम रहने एक अनुसन्धानको निष्कर्षपछि ती औषधि उत्पादन तथा बिक्रीलाई प्रतिबन्धित गरिएको हो । ती सबै मेटफर्मिनमा आधारित औषधि हुन् । यी औषधि बयस्क बिरामीका लागि सिफारिस हुने औषधि हुन् । हाल दक्षिण कोरियामा यी औषधिको सेवन गर्ने बिरामी दुई लाख ६० हजार बढी रहेका बताइएको छ ।
कोरियाली खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले मधुमेहका लागि प्रयोग हुने अन्य २५७ औषधिमा पनि ‘कार्सिनोजिन’ को मात्रा भए÷नभएको परीक्षण गरिरहेको बताएको छ । परीक्षण भएकामध्ये ३१ औषधिमा एन नाइट्रो सोडियम थाइलामाइनको मात्रा अनुमति दिइएको भन्दा बढी भएको पाइएको छ ।

जेडब्ल्यु फर्मा, हुटेक्स कोरिया र हान्मी फार्ममा उत्पादित ग्याडमेट, गल्लेस–एम र ग्लाइमफोल चक्कीजस्ता औषधिमा ‘कार्सिनोजिन’को मात्रा तोकिएको मापदण्डभन्दा बढी भेटिएको र यिनीहरूलाई प्रतिबन्ध गरिएको जानकारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?