logo
२०८१ बैशाख ७ शुक्रवार



अस्ट्रेलियामा कोरोनाका कारण लगाइएकाे प्रतिबन्ध हटाउन तीन चरणको योजना

अन्तर्राष्ट्रिय |


अस्ट्रेलियामा कोरोनाका कारण लगाइएकाे  प्रतिबन्ध हटाउन तीन चरणको योजना


क्यानबेर्रा , वैशाख २७ गते।अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार दिउँसो अस्ट्रेलियामा लगाइएको कोरोना भाइरसकाे संक्रमण राेक्न लगाइएकाे प्रतिबन्ध हटाउन तीन चरणको योजना घोषणा गर्नुभएको छ । प्रधानमन्त्री र राज्य क्षेत्रका नेताहरु सम्मिलित राष्ट्रिय मन्त्रिपरिषद्को बैठकपछि मरिसनले अस्ट्रेलियामा जुलाईको अन्त्यसम्ममा आर्थिक गतिविधि पूर्ण रुपले सञ्चालनमा ल्याइने योजना सार्वजनिक गर्नु भएको छ ।
पहिलो चरणमा रेस्टुरेन्ट र क्याफेहरू पुनः खोल्न अनुमति दिइनेछ । पारिवारिक जमघटमा पाँच जनासम्म भेला हुन दिइने भएको छ । बाह्य क्रियाकलापमा १० जनाको समूह जम्मा हन पाइने अनुमति दिइनेछ । मरिसनले प्रत्येक चरणको कार्यान्वयन हुने बेला राज्य र प्रदेश सरकारले निर्णय गर्ने बताउनु भएको छ ।
कोभिड १९ बाट नष्ट भएको अर्थतन्त्र र समाज पुनः हासिल गर्न तीन चरणको योजना र राष्ट्रिय ढाँचामा राष्ट्रिय मन्त्रिपरिषद्ले सहमति जनाएको उहाँ बताउनु भएको छ ।
यस वर्षको जुलाईको अन्त्यसम्म सुरक्षित अर्थतन्त्र प्राप्त गर्न यी सबै चरणहरू पार गर्ने लक्ष्य भएको प्रधानमन्त्रीले बताउनु भएको छ ।
सरकारले सर्वाजनिक गरेको दोस्रो चरणको योजनामा अधिकतम २० जनासम्म भेला हुन दिइने केही व्यक्तिलाई अन्तर्राष्ट्रिय यात्राको लागि अनुमति दिइने र जिम, चलचित्र भवन र ब्यूटी पार्लरहरू खोल्न दिइने बताइएको छ । तेस्रो चरणमा अस्ट्रेलियाको जनजीवन पूर्ववत रुपमा फर्काउने प्रधानमन्त्री मरिसनको योजना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?