logo
२०८१ बैशाख ४ मंगलवार



भर्चुअल लिटरेचर फेस्टिभल किताब जात्रा २०२० सुरु

कला |


भर्चुअल लिटरेचर फेस्टिभल किताब जात्रा २०२० सुरु


गोरखापत्र समाचारदाता
काठमाडौँ, बैशाख १ गते । किताब यात्रा फाउन्डेसनले सोमबारदेखि ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा २०२० सुरु गरेको छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण लकडाउन कायम रहेको स्थितिमा सिर्जनशील बनिरहन उत्प्रेरित गर्ने उद्देश्यका साथ फेस्टिभल सुरु गरिएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले बताउनुभयो ।
‘काठमाडौंमा किताब जात्रा सम्पन्न गरिसकेपछि हामी सातै प्रदेशमा जाने योजना बनाइरहेका थियौं, त्यसैबेला महामारीको संकट आइलाग्यो, यो समयमा सिर्जनशील बनिरहन यस्तो भर्चुअल छलफलले सहयोग पुग्ने देखेर फेस्टिभल गरेका हौं, फेस्टिभल निर्देशक समेत रहेका अधिकारीले भन्नुभयो ।

फेस्टिभलको पहिलो दिन दुई सत्रमा बहस भएको सेसन कोअर्डिनेटर शकुन्तला जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो सेसनमा ‘आख्यानको अभिभारा’ शीर्षकमा आख्यानकारहरू युग पाठक, अमर न्यौपाने र मनिषा गौचनले छलफल गर्नुभयो । निरुपा प्रसुनले सहजीकरण गर्नु भएको दोस्रो सत्रमा रङ्गकर्मी अनुप बराल, सरिता गिरी र केदार श्रेष्ठले ‘भर्चुअल मिडियामा रङ्गमञ्च’ शीर्षकमा बहस गर्नु भएको थियो ।

कला अनुरागीले सहजीकरण गर्नु भएको तेस्रो सत्रमा भने विविध विषयमा छलफल भएको थियो । भर्चुअल फेस्टिभल एक सातासम्म चल्ने जनाइएको छ ।
चाँदनी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?