logo
२०८० चैत्र १५ बिहीवार



दाङका ५ जनाको स्वाव नमुना नेगेटिभ

खुला |


दाङका ५ जनाको स्वाव नमुना नेगेटिभ


टीकाबहादुर बस्नेत
दाङ, चैत १६ गते । कोरोना भाइरसकोे परिक्षणका लागि दाङबाट काठमाडौँ पठाएका ५ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमुना परिक्षणका लागि काठमाडौँ पठाइएका ५ जनाको रिपोर्ट नेगेटिभ आएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय समितिका सूचना अधिकारी कमल चन्दले जानकारी दिनुभयो ।

भारत र तेस्रो मुलुकबाट जिल्ला प्रवेश गरेका शंकास्पद १२ जनालाई आइसोलेसनमा राखेर उपचार गराइरहेको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना विशेष अस्पताल बेलझुण्डीमा ९ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । रिपोर्ट नेगेटिभ देखिएका २ जनालाई भने सुरक्षित होम क्यारेन्टाइनमा बस्न भन्दै डिस्चार्ज गरेको चन्दले जानकारी दिनुभयो ।

फ्रान्सबाट कतार हुँदै काठमाडौँ उत्रेर कोरोना संक्रमित १९ वर्षिय किशोरीसँगै यात्रा गरेका दाङका २ युवकलाई पनि आइसोलेसनमा राखेर उपचार गराइरहेको भन्दै चन्दले ती युवकको अवस्था सामान्य रहेको जानकारी दिनुभयो । कतारबाट काठमाडौँसम्म हवाई यात्रा गरेका बबई र राजपुर गाउँपालिकाका २ दुई युवाहरु काठमाडौँबाट बसमा यात्रा गरेको बुझिएको चन्दले जानकारी दिनुभयो ।

कोरोनाकोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत ६ जनाको नमुना परिक्षण (थ्रोड स्वाव) का लागि संकलन गरिएको भन्दै चन्दले थ्रोड स्वाव आइतबार परिक्षणका लागि पठाएको जानकारी दिनुभयो ।
पमहानगरपालिकाद्वारा १ सय २० परिवारलाई खाद्यान्न सहयोग
तुलसीपुरका १ सय २० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । अतिविपन्न समुदायका उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ले दैनिक उपभोग्य बस्तु सहयोग गरेको हो ।
सरकारले जारी गरेको लकडाउनको समयमा दैनिक उपभोग्य बस्तु जोहो गर्न कठीन भएका उनीहरुलाई ४÷५ दिनका लागि पुग्ने गरी सहयोग गरिएको वडाध्यक्ष वीरेन्द्रकुमार शाहले बताउनुभयो । प्रतिपरिवारलाई १० किलो चामल, ५ किलो पिठो, २ किलो दाल, १ किलो स्वाविन, १ लिटर खाने तेल र १ पोका नुन उपलब्ध गराइएको शाहले बताउनुभयो ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका ११ मा रहेको लालीगुरााँस टोल विकास संस्थाले लकडाउनको समयमा अति बिपन्न तुलसीपुर ११ हस्नापुर निवासी एकल महिला सीता बिकलाई तीन मुरी आठ पाथी धान हस्तान्तरण गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?